बारा । नसर्ने रोगको रोकथामका लागि निजगढ नगरपालिकाले ‘स्क्रीनिङ’ अभियान थालिएको छ । नसर्ने रोगका मानिसको सङ्ख्यामा वृद्धि हुँदै गएकाले रोकथाम गर्ने उद्देश्यले सिङ्गौल भारतगञ्जदेखि स्क्रीनिङ अभियान सञ्चालन गरिएको निजगढ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले जनाएको छ ।
पछिल्ला केही वर्षदेखि तीस वर्षभन्दा माथि उमेर समूहकामा नसर्ने रोगको जोखिम बढ्दै गएको देखिएकाले स्क्रीनिङ अभियान सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख लामाले बताए। शाखा प्रमुख लामाका अनुसार अभियानमा उक्त उमेर समूहमा बीएमआई (बडी मास इन्डेक्स), उच्च रक्तचाप, मधुमेह तथा मृगौलाको परीक्षण गरिएको । अभियानका क्रममा स्वास्थ्य परीक्षण पश्चात नसर्ने रोगको पहिचान भएकालाई परामर्श गरिएको जनाइएको छ ।
उनका अनुसार कार्यक्रमअन्तर्गत पहिलो चरणमा सिङ्गौलमा र बागदेव अभियान कार्यक्रम सञ्चालन गरिएको छ, भने अहिले रतनपुरमा सम्पन्न गरेको छ ।
अभियान कार्यक्रममा रतनपुर स्वास्थ चौकीमा भएको कार्यक्रममा २ सय ३५ जनाले सेवा लिएको छ । शाखाले यो आभियानबाट नसर्ने रोग न्यूनीकरण हुने अपेक्षा गरिएको छ । कार्यक्रमलाई
नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गले स्थलगत अनुगमन गरेकी थिइन । अनुगमनमाउपप्रमुख थिङ्गले स्वास्थ्य कर्मीसंग परामर्श र बिरामीहरूसंग विभिन्न नसर्ने रोग बारे कुराकानी समेत गरेकी थिइन । कार्यक्रममा निजगढ स्वास्थ्य अधिकृत मणिश्वर घिमिरे र निजगढ- ११ का वडा अध्यक्ष सहईया गुरो, रतनपुर स्वास्थ्य चौकी प्रमुख दिनेश परियार र विभिन्न वडाका स्वास्थ स्वयंसेवीकाहरुको सहभागी रहेका थिए ।






















Discussion about this post