उमेश घलान/बारा । पत्रकारिताको विकासमा ठेवा पुग्ने उद्देश्यले मंगलबारदेखी काभ्रेको धुलिखेलमा ५ दिने लेखन तथा सम्पादन तालिम सुरू भएको छ ।
तालिम सुरू बागमती प्रदेश संचार रजिस्टार रेवती प्रसाद सापकोटाले पत्रकारिता क्षेत्रमा एउटा नयाँ आयामको विकास हुने अपेक्षा गरेको बताए ।
उनले पत्रकार समाजको ऐना भएको भन्दै यस क्षेत्रमा लागेका प्रत्येकले ऐनामा देखिने प्रष्टता जस्तै उनीहरुले पनि स्पष्ट रुपमा काम गरे समाजप्रतिको दायित्व बहन गर्न सकिने बताए ।
बागमती प्रदेश संचार रजिस्टर सापकोटाले पत्रकारिता सेवा मुलक व्यवसायी रहेको बताउँदै यसमा चुनौति र अवसर दुबै रहेको बताए । संचार गृह बागमती प्रदेशमा मात्र ५० प्रतिशत रहेको जिकिर गर्दै सापकोटाले तालिमको आयोजना धुलिखेलमा राखेको बताए । रजिस्टार सापकोटाले तालिमको उपयोगिता बारे चर्चा गर्दै सिकेको सीपलाई व्यबहारमा उतारे मात्र तालिमको उपादयता प्रमाणित हुने बताए ।
यसैगरि परिचयको क्रममा तालिमका प्रशिक्षक सुरेन्द्र पान्डेले पत्रकारितामा समाज परिवर्तन गर्ने क्ष्मता रहेको बताउँदै यसको सही सदउपयोग गर्नुपर्नेमा जोड दिए ।
तालिममा प्रशिक्षक विनोद ढुङ्गेलले व्यक्तिमा रहेको क्षमता र शीपलाई तिखार्ने काम गर्ने बताउँदै समाजको विकासमा पत्रकारिताको अहम भूमिका रहने तालिममा सहभागी पत्रकारहरुलाई प्रशिक्षण दिए ।
बागमती प्रदेश सरकार अन्तरिक मामिला तथा कानुन मन्त्रालय संचार रजिस्टर कार्यालयले सो ५ दिने लेखन तथा सम्पादन तालिमको आयोजना गरेका हुन । तालिममा एक जना फरक क्षमता रहेको दृष्टि विहिनलगायत २३ जनाको सहयोगता रहेका थिए ।






















Discussion about this post