प्रशासकीय अधिकृत बर्तौलाद्वारा विद्यालय अनुगमन

391
SHARES
514
VIEWS

बारा । निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले महतका समग्र माविको अनुगमन गरेका छ ।

अनुगमनको क्रममा उनले विद्यालयमा पठनपाठन, शिक्षकहरूको उपस्थिति, शैक्षिक सामग्रीको पर्याप्तता आदि विषयमा जानकारी लिएका थिए । प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले पठनपाठनको क्रममा आउने समस्याहरू, शिक्षकको विषय, शैक्षिक सामग्रीहरूको पर्याप्तताका विषयमा समेत जानकारी लिएको हो । नगरपालिकाको वडा नं. १ स्थित श्री ने.रा.मा.वि. र वडा नं. ७ स्थित श्री नेत्रोदय मा.वि.का विद्यार्थीहरु तथा शिक्षकहरुसंग तयारी कक्षा तथा बार्षिक परीक्षाको समग्र अवस्था बारेमा आवश्यक  सोधपुछ्का साथै विद्यार्थीहरुलाई एस.ई.ई. परीक्षाको मिहेनतका साथ तयारी गर्नका लागि सुझाव समेत दिए । स्थलगत अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, योजना अधिकृत अजय कुमार उप्रेती, शिक्षा अधिकृत उत्तम लामिछाने, प्रशासन शाखा प्रमुख जीवन गौतम र नगर प्रमुखका स्वकीय सचिव थानेश्वर सापकोटाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित