बारा । शिवरात्रीको अवसरमा निजगढ नगरपालिका वडा नम्बर ५ को शिव पन्चायत मन्दिरको शिवलिङ्ग र फोरा उदघाटन गरेको छ । उदघाटन कार्यक्रम समारोहमा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी र उप प्रमुख सोममाया थिङ्गलगायतका सहभागी रहेका त्जिए । त्यस्तैगरी महाशिवरात्रीको अवसरमा बाराको निजगढ लगायत जिल्लाका विभिन्न शिवालयहरुमा आज दर्शनार्थीहरुको घुइँचो लागेको छ । निजगढ ९ स्थित बाक्यश्वर महादेव मन्दिर, निजगढ ४ को पर्वतनाथ, निजगढ ७ को सत्यश्वर शिवक्ति र निजगढ १३ को शक्तेश्वर महादेव मन्दिरमा पूजापाठ र दर्शन गर्नेहरुको भिड लागेको हो । शिवालयहरुमा अन्य दिनको तुलनामा बिहानदेखि नै भक्तजनहरुको भिड देखिएको थियो । त्यसैगरी चारकोसे झाडीस्थित जंगली बाबा सहजनाथमा पनि दर्शनार्थीहरुको घुइँचो लागेको छ । शिवरात्रीको अवसरमा सहजनाथ मन्दिरमा लागेको मेला भर्न नेपाल तथा भारतका दर्शनार्थिहरु आएका छन । सहजनाथ महादेव मन्दिरमा जल चढाउन हजारौं महिला तथा पुरुष भक्तजनहरु बिहानैदेखि लामबद्ध भएका थिए । सिमरामा रहेको बाणलिङ्गेश्वर मन्दिरलगायतका शिव मन्दिरमा पनि बिहानदेखि नै दर्शन गर्ने श्रद्धालुहरुको भिड लागेको थियो । यस्तैे यता कलैया उपमहानगरपालिका वडा नम्बर ३ स्थित सिद्धेश्वरनाथ महादेव मन्दिरमा पनि दर्शन गर्न भक्तजनहरुको भिड लागेको थियो । मन्दिर परिसरमा रहेको शिव मन्दिरदेखि पार्वती मन्दिरसम्म पगडी बाँधेर मेला लागाइएको थियो । सो अवसरमा अखण्ड रुद्री पाठको साथै मन्दिरमा विशेष पूजा अर्चना गरिको सिद्धेश्वर संस्कृत विद्यालयका प्रधानाध्यापक ज्योतिष पण्डित छविरमण सुवेदीले जानकारी दिनुभयो । जिल्लाको सिम्रौनगढस्थित महादेव मन्दिर, ईनर्वा सिरामा रहेको शिव मन्दिर, ब्रहमपुरीमा रहेको शिव मन्दिर, लंगडा मठस्थित शिव मन्दिर लगायत जिल्लाका सयौं शिवालयहरु भक्तजनले भरिभराउ भएका थिए । यस्तै महाशिवरात्रिको अवसरमा वीरगञ्जका अधिकांश शिव मन्दिरहरूमा श्रद्धालुहरूको भिड लागेको थियो । वीरगञ्जको ऐतिहासिक तथा प्रसिद्ध अलखियामठ मन्दिर र पशुपतीनाथ मन्दिरमा बिहानैदेखि भक्तजनहरू लाइन लगेर पूजा गर्न आफ्नो पालो कुरिरहेका देखिन्थ्ये । त्यस्तै पर्सा जिल्लाका अन्य भेगमा रहेका शिव मन्दिरहरूमा पनि भक्तहरूको उपस्थिति उतिकै बाक्लो रहेको थियो । विशेषतः पटेर्वासुगौली गाउँपालिकाको दुग्देश्वर माहादेव मन्दिरमा भक्तहरू सवेरैदेखि पूजा गर्न पुगेका थिए ।






















Discussion about this post