नेपाल मगर संघ निजगढले ४३ औं स्थापना दिवस मनाउदै

392
SHARES
516
VIEWS

बारा । स्थापनाको ४३ औं बार्षिकोत्सवको अवसरमा नेपाल मगर संघ निजगढले भोलि विहिवार बाराको निजगढमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाल मगर संघ निजगढ समितिका अध्यक्ष बाबुराम थापामगरले स्थापना दिवसको अवसरमा निजगढमा सद्भाव र्‍यालीसहित शुभकामना आदानप्रदान र चियापान कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिए । उनले बिहान निजगढ ७ स्थित लखन टोलबाट शुरु हुने र्‍याली पूर्वपश्चिम लोकमार्गको बुद्ध चोकमा पुगेर फर्किएपछि शुभकामना आदानप्रदान र चियापन कार्यक्रम गरिने बताए ।  मगर संघले हरेक वर्ष फागुन १५ गतेलाई स्थापना दिवसको रुपमा मनाउदैआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित