पठन-पाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विधार्थीद्वारा विरोध

390
SHARES
513
VIEWS

बारा । शिक्षा साक्षरतामा देशकै पुछारमा रहेको रौतहट जिल्लास्थित एक माध्यमिक विद्यालयमा पठन पाठन अवरुद्ध गरी गैरशिक्षकले धार्मिक प्रवचन दिन थालेपछि विद्यार्थीले विरोध जनाएका छन् । स्थानीय कटहरियाका पूर्व शिक्षकद्वय लक्ष्मीनारायण यादव र रामाश्रीप्रसाद यादवले कटहरिया स्थित जनता माध्यमिक विद्यालयको कक्षा ११ को पठनपाठन बन्द गरी करिब २ घन्टा धार्मिक प्रवचन दिएका थिए । पूर्व शिक्षकद्वयले यौन काण्ड लगायत विभिन्न आपराधिक मुद्दामा भारतमा जेल जीवन बिताइरहेका राम पालको बारेमा लगातार कक्षा कोठाभित्र प्रवचन दिएका थिए । उनको प्रवचनको कारण मंगलबार अङ्ग्रेजी र लेखा विषयको पढाई हुन नसकेको कक्षा ११ मा अध्ययनरत एकजना विद्यार्थीले बताए । यादवद्वयले बुधबार कक्षा ११ भोलि विहार कक्षा १२ लगायतको कक्षामा प्रवचन दिने कार्यक्रम रहेको बताएपछि कक्षा ११ का विद्यार्थीले इलाका प्रहरी कार्यालय कटहरियामा गएर मौखिक गुनासो गरेका थिए । त्यसपछि प्रहरी कार्यालयका सई मुकेशकुमार सिंहले मावि कटहरियाका प्रधानाध्यापक सचिन्द्रप्रसाद यादवलाई इलाका प्रहरी कार्यालयमा बोलाएर यसबारे छलफल गरेपछि प्रवचनको कार्यक्रम रोकिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित