रौतहटको शिवनगरमा शिव रात्रीको अवसरमा फर्निचर मेला

392
SHARES
516
VIEWS

उमेश घलान/बारा । रौतहटको गरुडा नगरपालिका वडा नम्बर २ स्थित जयनगरमा फर्निचर मेला लागेको छ । श्रीपञ्चमीको अवसर पारेर शुक्रबारबाट सुरु भएको मेलामा जिल्लाभरका फर्निचर उद्योगमा बनाइएका सामान बिक्रीका लागि राखिएको छ । फर्निचरका सामान हेर्न र खरिद गर्न सर्वसाधरणको भीड लागेको छ । मेला एक महिनासम्म लाग्ने छ । मेला समाप्त हुन अब ६ दिन बाँकी छ ।

मेलामा भारतबाट समेत मानिसहरु समान हेर्न र खरिद गर्न आउने गर्छन् । दुई सातादेखि नै ब्यापारीहरु आफ्नो उद्योगमा बनाइएका समानहरु राखेर बसेका थिए । बर्सेनि लाग्ने फर्निचर मेलामा विभिन्न जातका काठबाट बनाइएका दराज, कुर्सी, पलङ, टेबल तथा फलामका कृषि औजार समेत राखिएको छ । मेलामा सर्वसाधारणको आकर्षण बढेको छ । ‘एक दशक बढीदेखि फर्निचर मेला लाग्दै आएको छ र मेला मधेस प्रदेशकै ठूलो मेलाले जिल्लाको शान बढाएको छ । मेलाको रौनक पनि बेग्लै छ ।’

मेलामा सर्लाही, बारा र रौतहटका फर्निचर व्यावसायीहरु आउने गर्छन् । मुख्यगरी मेलामा काठबाट निर्मित फर्निचरको बिक्री हुन्छ । गाउँघरको काठ, प्लाईवुडको प्रयोगले बनेका अधिकांश फर्निचर बजारको तुलनामा मेलामा निकै सस्तो मूल्यमा प्रदान गरिने व्यवसायीको भनाई छ । मेलाका फर्निचरहरु जनकपुर, पोखरा, काठमाडौ, वीरगंज, सर्लाही, र बारासम्म पुग्ने गरेको पाइएको छ । छिमेकी भारतको बैरगनियाका स्थानीय समेत फर्निचर खरिद गरेर लैजाने गरेको स्थानिय ब्यापारी रामभरोसा साहले बताए । ‘नेपालका साथै भारतीयहरु समेत आकर्षक फर्निचरका समानहरु खरिद गरि लैजान्छन्,’ उनले भने, ‘बजारका सोरुममा राखिएका फर्निचरभन्दा मेलामा निकै सस्तो मूल्यमा पाइन्छ, त्यसकारण भीड लाग्ने गरेको छ ’ मेलामा करिब २ करोडको कारोबार हुने व्यापारीको दाबी छ । मेलामा रौतहट लगायत बारा, पर्सा र सर्लाहीका लोहार जातिले फर्निचरका समान बनाएर ल्याएका छन् । मेलामा २ सय बढी व्यापारीहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित