बारा प्रहरीद्वारा ६२ लाख बराबरको राजश्व छलीको सामान बरामद

398
SHARES
524
VIEWS

बारा । बारा प्रहरीले बरामद गरेको करिब ६२ लाख ३५ हजार रुपैयाँ बराबरको राजश्व छलीको सामान अनुसन्धानको लागि राजश्व कार्यालय पथलैयामा बुझाइएको छ । प्रहरी चौकी पथलैया, बाराबाट प्रहरी बरिष्ठ नायब निरीक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना ३ ख ५४५५ नम्बरको ट्रकबाट जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा बरामद गरेको उक्त मूल्य बराबरको सामान राजश्व अनुसन्धान कार्यालयमा बुझाएको हो । प्रहरीले चेकजाँचको क्रममा बिल बिजकभन्दा बढी तथा राजस्व छलीको आशंकामा उक्त ट्रकबाट विभिन्न सामान बरामद गरिएको हो । बरामद सामानमा मोविल, अबिर, ब्याट्री, कपडा, मेथी लगायतका अन्य खुद्रा सामग्री रहेका छन् । ट्रक नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी बलराम श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित