निजगढ प्रहरीले लागु औषध कारोबार मुद्दामा फरार अभियुक्तलाई पक्राउ

423
SHARES
556
VIEWS

बारा । निजगढ प्रहरीले लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला अदालत बारामा मुद्दा चलाइएका रौतहटका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढको टोलीले रौतहट जिल्ला बौधीमाई नगरपालिकाका ८ सरमुजवा बस्ने मंगनी रायको छोरा अन्दाजी वर्ष ५४ को राम अयोध्या यादवलाई निजगढ नगरपालिका वडा नम्बर ८ स्थित हाट बजार क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परेका यादवमाथि आवश्यक कारबाहीको लागि अदालत बारा कलैयाबाट ४ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित