बारागढी खोपवामा नि:शुल्क आँखा शिविर ३ सय ६ जनाले गराए आँखाको परिक्षण

393
SHARES
517
VIEWS

दिपेन्द्र जयसवाल/गञ्जभवनी । बाराको बारागढी गाउपालिका वडा  नम्बर ५  चेरवन्त पथरा रहेको, मुरारी मार्केटमा  निःशुल्क आँखा शिबिर सम्पन भएको छ । तामागढी बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र खोपवा,  रोटरी कल्ब अफ हेटौडा, रोट्रयाक्ट क्लब अफ हेटौंडा सामुदायिक आँखा अस्पताल हेटौडा र बारागढी सामुदायीक सिकाइ केन्द्र चरवन्त पथराको सयुक्तआयोजनामा सो आँखा शिबिर भएको थियो । वडा अध्यक्ष मैनेजर चौधरीको अध्यक्षतामा आँखा शिबिर भएको थियो । शिविरमा महिला/पुरुष गरी ३ सह ६ जनाले आँखा परिक्षण गराएका थियो जस मध्ये ६९ जना बिरामीहरुमा मोतियाबिन्दु देखा परेका हुन । मोतिय विन्दु देखा परेका बिरामीहरुलाई नि:शुल्क अपरेशन हेटौडा सामुदायिक आँखा अस्पातालमा हुने आयोजकले जनाएको छ ।  शिबिरमा आएका बिरामीहरुलाई  हेटौडा सामुदायिक आँखा अस्पतालका नेत्र चिकित्क डा. सुशील सिंहको नेतृत्वमा नेत्र रोग बिशेज्ञहरुले बिरामीहरुको आँखा परिक्षण गरेका थिए । सो शिबिरमा बारागढी सामुदायिक सिकाई केन्द्रको अध्यक्ष मरारीप्रसाद चौधरी, बारागढी गाँउपालिकाकी शिक्षा प्रमुख जलमती चौधरी तामागढी साकोस खोपवा सेवा केन्द्रको प्रमुख कुमारसानो प्रसाद चौधरी, तामगढी साकोस कोल्हवीका मुख्य प्रबन्धक बासुदेव रिमाल,  पृथ्वीराज सिवाकोटी समाजिक परिचालिका पबित्रीकुमारी चौधरी, समाज सेवी हरेन्द्रप्रसाद यादव, वडा सदस्य बिनोद सहनी, बारागढी सामुदायिक सिकाई केन्द्रको संञ्चालक समितीका पदधिकारीहरु संञ्चारकर्मीहरु लगायत स्थानिय वासीन्दाहरुको सहभागीता  रहेको थियो I

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित