बसन्त लामा सिंगौल । बाराको निजगढ नगरपालिका वडा नम्बर १ मा केहि दिन यता चोरीको घटना बढेको छ । गएको राति सोमबार सिंगौल वडा नम्बर १ स्थित जनएकता आधुनिक कृषि दुग्ध डेरीमा चोरी भएको घट्न बहिरीएको हो ।
जनएकता आधुनिक कृषि दुग्ध डेरी चोरले गए राति १ थान इन्लाईजर मिटर प्रिन्ट र १ थन ल्यापटपगरि २ लाख ५० हजार बराबरीको सामाग्री चोरी भएको खुलासा भएको छ ।
चोरले जनएकता आधुनिक कृषि दुग्ध डेरीको घरमा भएको झ्यालको जाली काटेर भित्र प्रवेशगरि चोरी गरेको दुग्ध संकलन केन्द्रका सञ्चालक नवराज भण्डारीले मधेश प्रवाहलाई बताए ।
चोरीको घटनाको बारेमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएकोछ ।
चोरीको घटना मात्र नभई वडा नम्बर १ मा युवा युवती गाँजा जस्था अन्य लागु औषधि सेवनगरी युवायुवतीहरु लागू औषध दुर्व्यसनमा लतमा लागेको भेटिन्छ ।
सिंगौल वडा नम्बर १ को चोक चौतारोमा रातको १० बजेपछी लागु औषध सेवन गर्ने मानिस बढी भेटिने गरिन्छ ।
चोरीको घटना बढ्नुको प्रमुख कारण पनि लागु औषध दुर्व्यसनीको देखिन्छ । सिंगौलमा अस्थाई प्रहरी पोष्ट हुदा समेत रातिको गस्ती हुनु नसक्दा चोरी हुनुको साथै लागु औषधि सेवन गर्नेको क्रम बढदो क्रममा रहेको छ । सो घटना भैरहदा समेत स्थानीयलाई सुशान दिलाउछु भनि निर्वाचित भएको जनप्रतिनिधि भने यस्त गतिविधिको कुनै पहलमा देखिदैन ।
त्यतिमात्र नभई सिंगौल वडा नम्बर १ मा केहि स्थानीयको घर जुवा तास जस्तो समाजलाई नै असर गर्ने खेल भैरहदा समेत स्थानीय सरकार र अस्थाई प्रहरी पोष्ट मुखदर्सक बनी रहेकोछ । यी र यस्ता विकृति र विसंगतिलाई न्यूनीकरणको कुनै पहल नगर्ने हो भने समाजमा अराजकता, चोरी र हत्याहिंसात्मक घट्ना दोहोरिन सक्छ । समयमै सम्बन्धित निकायको ध्यान जन जरुरी रहेको छ । सिङ्गौलबाट मधेश प्रवाह सम्बादाता बसन्त लामा ।






















Discussion about this post