रतनपुर । बारा निजगढ-११ स्थित रतनपुरी सव डिभिजन वन कार्यालय रतनपुरले रतनपुर सव डिभिजन भित्र रहेका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुको लागि दुई दिने क्षमता अभिबृद्धी तालिम तथा अन्तरक्रिया गोष्ठी आयोजनागरि सम्पन्न गरेको छ । रतनपुर सबडिभिजन कार्यालयले निजगढ नगरपालिका वडा नम्बर ११ को सभा हलमा फागुन ६ गते मङ्गलबर सम्पन्न भएको तालिममा रतनपुरका ११ वटा सामुदायिक वन उपभोक्ता समुहका ४४ जना पदाधिकारीहरुको सहभागिता रहेको थियो । तालिमका सहभागीहरुलाई लेखन क्षमता, आर्थिक कारोबारमा सरलता, विभिन्न समयमा आउने तथा प्रदान गर्ने प्रेरक गर्ने सन्देशका ओशीहरु दर्ता र चलानी र कार्यसम्पादन व्यवस्थापनको लागि अपनाउनुपर्ने कार्यको बारेमा जानकारी दिइएको रतनपुर सबडिभिजन कार्यालयका रेञ्जर कपिलदेव प्रसाद यादवले जानकारी दिए ।
मधेस प्रदेशमा वन सम्बर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यविधि तयार भएर कार्यान्वयनको चरणमा रहेकोले कार्याविधिको अनुसार वन संरक्षणको क्षेत्रमा काम गर्ने क्रममा उत्पन्न हुनसक्ने समस्या समाधानको लागि सामुदायिक वन समूहका पदाधिकारीहरुलाई जानकारी दिइएको हो । सहभागीहरुलाई हालखोरीया सव डिभिजन वन कार्यालयका प्रमुख विनायकुमार साहले प्रशिक्षण दिएको थियो । कार्यक्रमको मुख्य आयोजक डिभिजन वन कार्यालय बारा सिमरा रहेको छ भने रतनपुरी सव डिभिजन वन कार्यालयले सहजीकरण गरेका थिए ।






















Discussion about this post