युवा संघ निजगढ नगर कमिटीद्वारा पार्टीका विभिन्न भातृ संगठनका नव निर्वाचितलाई सम्मान

402
SHARES
529
VIEWS

बारा । युवा संघ निजगढ नगर कमिटीद्वारा नेकपा एमालेको विभिन्न भातृ संगठनका नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ । युवा संघ निजगढ नगर कमिटीको आयोजनामा भएको सो कार्यक्रमा युवा संघ नेपाल केन्द्रीय कमिटिको बैठकबाट मनोनित भएका केन्द्रीय स्वास्थ्य विभागका सदस्य बिनोद घिसिङ, सामाजिक सेवा सदस्य विजय तिमिल्सिना, सिप विकास विभागका सदस्य दिपक तिमल्सिनालाई अबिर र खादा लगाएर बधाई दिनुको साथै सम्मान गरेको छ । त्यस्तै प्रेस चौतारी नेपाल बारा शाखाको अध्यक्षमा निर्वाचित थानेश्वर सापकोटा, कोषाध्यक्ष प्रलाद तिमल्सिना, सदस्यहरुमा इराज कोइराला, बिपिन अधिकारी र विशाल तिमल्सिनालाई पनि बधाई तथा सम्मान गरिएको छ । कार्यक्रममा निजगढ नगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष सुर्य थापा  मगर, वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामा, वडा नम्बर ४ का पुर्व वडा अध्यक्ष एवम युवा संघ निजगढ नगर इन्चार्ज जयराम कुवरले संयुक्त रुपमा अबिर र खादा लगाएर बधाई तथा सम्मान गरेका हुन । कार्यक्रमको अध्यक्षता युवा संघ निजगढ नगरक मिटीका अध्यक्ष घनश्याम तिमल्सिनाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित