निजगढ अस्थायी ट्राफिक प्रहरी पोष्टले २ विद्यालयमा ‘ट्राफिक शिक्षा कक्षा’ संचालन

388
SHARES
511
VIEWS

बारा । जिल्ला ट्राफिक कार्यालय बारा निजगढको अस्थायी ट्राफिक प्रहरी पोष्ट जीतपुरले जीतपुरसिमरा उपमहानगरपालिका २ वटा विद्यालयका विद्यार्थीहरुकोलागि ‘ट्राफिक शिक्षा कक्षा’ संचालन गरेको छ ।  प्रहरीले उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा रहेको फकीरा गिरी/राजेश गिरी माध्यमिक विद्यालय र वडा नम्बर १० स्थित शुभतारा इंग्लिश बोर्डिङ  स्कुलका छात्रछात्राहरु ट्राफिक नियम सम्बन्धी सचेतना मुलक कक्षा संचालन गरेको हो । सचेतना कक्षामा फकीरा गिरी/राजेश गिरी माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययन गर्ने ७० जना विद्यार्थीहरुको सहभागिता रहको थियो । विद्यार्थीहरुलाई अस्थायी पोष्टका प्रहरी सहायक निरीक्षक काशिन्द्रप्रसाद यादवले ट्राफिक नियमको बारेमा जानकारी गराएका थिए । त्यसैगरी सोही शुभतारा इंग्लिश बोर्डिङ स्कुलको कक्षा ९ र १० मा अध्ययन गर्ने ७५ जना विद्यार्थीलाई पनि ट्राफिक सम्बन्धी कक्षा संचालन गरिएको हो । शुभताराका विद्यार्थीहरुलाई भने अस्थायी ट्राफिक प्रहरी पोष्ट सिमराबाट खटिभएका प्रहरी सहायक निरीक्षक बबलु ठाकुरले सचेतनामुलक कक्षा संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित