सडक डिभिजन हेटौडाका इन्जिनियर टोलीले निजगढको बकैया नदीको अनुगमन

471
SHARES
620
VIEWS

बारा । सडक डिभिजन कार्यालय हेटौडाका इन्जिनियर सुरेश चौलागाईको टोलीले निजगढको बकैया नदी कटान क्षेत्रको स्थलगत अनुगमन गरेको छ । टोलीले बकैया बाढीले क्षति पुrrयाएको पूर्वपश्चिम राजमार्गको बकैया पुल दक्षिण आर्यघाट ड्याम र उत्तरतर्फको क्षेत्रको अनुगमन गरेको हो । अनुगमनपछि इन्जिनियर चौलागाईले निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको आग्रहमा बकैया खोलमा तटबन्ध निर्माण कार्यको लागि स्थलगत निरीक्षण गरिएको बताउनुभयो । उहाँले कार्यालयले यसअघि स्रोत साधनको अभावमा तटबन्धन निर्माणको काम गर्न नसकेको भएपनि अब स्रोत व्यवस्थापन गरेर नियन्त्रणको चाडै काम शुरु गर्ने बताउनुभयो ।  सडक विभागको टोलीसंगै बकैया कटान क्षेत्रमा पुग्नुभएका निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले बकैयाले धार परिवर्तन गरेर पुलको ड्याम भत्काउनुको साथै निजगढको बस्तिमा बाढी पस्ने खतरा बढेको र नियन्त्रणको लागि बारम्बार गरिएको आग्रहपछि तटबन्ध निर्माणको लागि अध्ययन गर्न सडक डिभिजन कार्यालय हेटौडाको टोली आएको बताउनुभयो । उहाँले बकैया पुलभन्दा दक्षिणतर्फ तटबन्ध निर्माणसंगै खोला च्यानलाइज गर्न सडक डिभिजन कार्यालयका प्राविधिकहरुसंग आग्रह गर्नुभएको थियो । टोलीमा सडक डिभिजन हेटौडाका सहायक इन्जिनियर रामभरोस चौधरी, निजगढ नगरपालिकाका इन्जिनियर नबिन खनाल, निजगढ नगरपालिकाका इन्जिनियर रुपेसकुमार यादवलगायतको सहभागिता रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित