बारा प्रहरीले लागु औषध गाँजासहित १ जना पक्राउ

464
SHARES
610
VIEWS

उमेश घलान/बारा ।  बारा प्रहरीले अवैध लागू औषध गाँजासहित १ जना पुरुषलाई नियन्त्रणमा लिएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक जाँच गर्दा प्रहरीले १० किलो ५०० ग्राम गाँजासहित मानिस नियन्त्रणमा लिएको हो । नारायणगढ़बाट बिरगंज तर्फ जादै गरेको ना ४ ख ७१६५ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा २ वटा ब्यागबाट निम्न बमोजिमको लागूऔषध गाँजा बरामदगरी मानिस समेत नियन्त्रणमा लिइ आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौडा-१५ बस्ने वर्ष ३७ वर्षीय  सुर्य पाख्रीनरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित