बारा । नेकपा एमाले बाराको आयोजनामा वडा केन्द्रीत ३ महिने अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम बाराको कलैयामा आज शुक्रबारबाट सुरु भएको छ । कार्यक्रमको उदघाटन एमालेका उपमहासचिव प्रदिप ज्ञावालिले गरेका थिए ।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ, पोलिटब्युरो सदस्यहरु पुरुषोत्तम पौडेल, ज्वाला साह, अच्युत मैनाली प्रदेश कमिटी अध्यक्ष चण्डेश्वर मण्डल, उपाध्यक्ष बिचारी यादव, सचिव मनोज पौडेललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपमहासचिव ज्ञावाली र केन्द्रिय सदस्य तथा संगठन बिभाग सचिव माधव ढुंङेलले प्रशिक्षण दिने छन ।
बारा जिल्ला कमिटीका अध्यक्ष अद्य्यानन्द पाण्डेको अध्यक्षतामा कार्यक्रमको सहजीकरण सचिब अमृत बजगाइले गरेका थिए भने स्वागत उपाध्यक्ष भुलन चौधरीले गरेका थिए ।






















Discussion about this post