बारा । निजगढ नगरपालिका वडा नं.९ स्थित पुरानोटोलमा ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ हुने भएको छ । विशाल बद्रीनाथ मन्दिर व्यवस्थापन समितिले महायज्ञ आयोजना गर्न लागेको हो ।
श्रीमद् भागवत मूल समारोह मुल समिति र विशाल बद्रिनाथ क्षेत्र विकास समितिले यहि फागुन २५ गतेदेखि चैत ४ गतेसम्म महायज्ञ सञ्चालन गर्न लागिएको हो ।
श्रीमद् भागवत मूल समारोह मुल समिति र विशाल बद्रिनाथ क्षेत्र विकास समितिले मन्दिर परिसरमा विहिबार पत्रकार सम्मेलनमा साताव्यापी महाज्ञप हुने बारेमा जानकारी गराएको हो । विशाल वद्रीनाथ मन्दिरको संरक्षण, धार्मिक प्रबर्द्धन र पर्यटन विकास क्षेत्रलाई प्रबर्द्धन हुने उद्देश्यले साताब्यापी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गर्न लागिएको विशाल बद्रिनाथ क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र बुढाथोकीले बताए ।
बद्रीनाथ मन्दिरपरिसरमा हुने महायज्ञमा पण्डित रामप्रपन्नचाॠ स्वामी प्रमुख वाचकको रुपमा रहने र युवा पंडित सुदर्शन चालिसेको प्रमुख वाचककोब्रुपमा रहने बद्रीनाथ मन्दिरको महाधिस सुदर्शन बुढाथोकीले बताए । निजगढकि पर्यटकीय क्षेत्र र तराई मधेश द्रूतमार्ग फस्ट्र्याक क्षेत्रमा परेको मन्दिरको संरक्षण गर्नुका साथै मन्दिरको अधुरो अपुरो भवन निर्माण र मन्दिरका लागि जग्गामा गौशाला संचालन गर्ने उद्देश्यले महायज्ञको आयोजना गर्न लागिएको मन्दिरका गुरुले बताए ।
पत्रकारहरुसँगको भेटघाटमा महायज्ञ आयोजक मुल समरोह समितिकी कोषाध्यक्ष प्रमिला राउत्ले यस महायज्ञलाई निजगढको इतिहाससँग जोडिएकाले यश विशाल बद्रीनाथ मन्दिर विकास क्षेत्र समितिले प्रतिष्ठाको रुपमा लिएर सफल बनाउनका लागि काम गर्नुपर्ने बताईन । उनले प्रचुर पर्यटकीय सम्भावना रहेको स्थानको उजागर गर्नु, संरक्षण, प्रवद्र्धन गर्नु यज्ञको मुख्य उद्देश्य रहेको राउतको भनाइ थिईन ।
´घर घरबाट उठौँ, बस्ती बस्तीबाट जुटौँ, यो महायज्ञमा कोहि पनि नछुटौँ, सक्नेले दान गरौँ, नसक्नेले थोरै दान गरौँ, केही न केही अवश्य दान गरौँ’ भन्ने मुल नारा सहित महायज्ञ हुने उनले बताईन ।
मूल आयोजक समितिका संयोजक अन्जु नेपालीलाई तोकिएको छ । राज्य र स्थानीयले चासो नदिँदा मन्दिर ओज्जेलमा पर्दै गएको देखिन्छ । पत्रकार सम्मेलनमा
आयोजक मुल समितिका उपाध्यक्ष श्यामसुन्दर पाण्डे, कोषाध्यक्ष प्रमिला राउत, सचिव दुर्गा बोलखे, टेकबहादुर बुढाथोकी, उदयबहादुर खडका, हरिवंश खत्री, सुदर्शन बुढाथोकी, रामचन्द्र बुढाथोकी, सुस्मा अधिकारी, भिमकुमारी तिमल्सिना, सीता गौतम, आरती अधिकारी, चुडादेवी ढकाल, सावित्री आधिकारी, लालमती खड्का र सुभद्र सापकोटालगायत उपस्तिथि रहेका थिए ।






















Discussion about this post