बारा । नेकपा माओवादी केन्द्र निजगढले ३०औं जनयुद्ध दिवस मनाएको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिला खनालको प्रमुख आतिथ्यमा निजगढ नगरपालिका-१० लालको सहिद पार्कमा ३० औँ जनयुद्ध दिवस मनाइएको हो।
केन्द्रीय सदस्य खनाललगायतले जनयुद्धका सहिदहरुको स्तम्भमा दिपप्रज्वलान गरेको हो । सहिद पार्क स्तर स्थलमा आयोजित जनयुद्ध दिवसमा केन्द्रीय सदस्य खनालले महान जनयुद्धको कारण देशमा संघीयता तथा गणतन्त्र आएको र आम नागरिकमा चेतनाले महान छलाङ मारेको स्पष्ट पारेकि छिन ।
निजगढ नगर कमिटीका अध्यक्ष संतोष दंगालको अध्यक्षतामा भएको सो दिपप्रज्वलानमा विद्यार्थी नेता समीप खरेल, माओवादी नेता संजिव लोप्चन र बुद्धिजीवी बाराका केदार गौतमले जनयुद्धको बारेमा बोलेका थिए । नगर सचीव रमेश आर्यलले संचालन गरेको कार्यक्रममा निजगढ नगरपालिका कार्यपालिका सदस्य अरुणा विकले स्वागत मन्तव्य राखेकी थिइन ।




















Discussion about this post