दिपेन्द्र जयसवाल/बारा । बाराको महागढीमाई नगरपालिकामा फागुन ४ गतेदेखि ६ गते सम्म एचपिभि खोप आभियान संचालन गरिने भएको छ । एचपिभीको बारेमा महागढीमाई नगरपालिकाको स्वास्थय शाखाले एक कार्यक्रम विच जानकारी दिएएको छ । महागढीमाई नगरपालिकाले मंगलबारका दिन एक कार्यक्रमको आयोजनागरि खोपको बारेमा अन्तरक्रिया गरेक थिए । नगर खोप समन्वय समितिले एच.पी भि.खोप अभियान २०८१ अन्तर्गत (पाठेघरको मुखको क्यान्सर बिरूद्ध) खोप सम्बन्धी नगर स्तरीय खोप समन्वय समितीको पदधिकारीहरुको लागी अमिमुखिकरण तथा पत्रकार एवम् संञ्चाकर्मीहरुबीचको अनरक्रिया गोष्टी
बहस पैरवी कार्यक्रम सम्पन गरिएको छ । महागढीमाई नगरपालिकाको नगर प्रमुख एवम् खोप समन्वय समितीको अध्यक्ष उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन सो कार्यक्रमा वडा नम्बर २ को वडा अध्यक्ष बिश्वनाथ प्रसाद कुशवाहा वडा नम्बर ८ को वडा अध्यक्ष महम्द वोहाब अ़सारी वडा नम्बर ९ को वडाअध्क्ष दिलीप शुक्ला नगर पालिकाको स्वास्थ्य शाखा क्षयरोग संयोजक अधिकृत दिवाकर चौधरी पालिका कार्यरत बिभिन्न शाखाको शाखा प्रमुखहरु कर्मचारीहरु संञ्चारकर्मी हरु लगायत बिशेष उपस्तिती रहेको थियो । साथै सो कार्यक्रममा सहभागीहरुलाई पालिका स्वास्थ्य शाखाका जन स्वास्थ्य अधिकृत मनोज चौरसियाले प्रशिक्षण दिनु भएको थियो साथै यो एच.पी .भी. खोप नगरभरीको सबै सामुदायिक मा.बि तथा संस्थागत बिधालयहरुमा कक्षा ६ देखि कक्षा १० मा अध्यनरत सबै छात्राहरुलाई यही आउदो फागुन महिना ४ गते देखि ६ गते सम्म यो खोप लगाईने महागढमाई नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।






















Discussion about this post