निजगढ-७ मा डिप बोरिङ ट्युबवेल र  पाइप लाईनको सिलन्यास

413
SHARES
543
VIEWS

बारा । निजगढ नगरपालिका-७ मा विहिबार नेत्रोदय डिप बोरिङ ट्युबवेल शिलान्यास गरिएको छ । पाईपलाइन ओभरहेड टंकी र विधुत्तिकरणसहितको डिप बोरिङ ट्युबवेलको शिलान्यास नेकपा माओवादी केन्द्रका मधेस प्रदेश कमिटी सदस्य रविराज दंगालले शिलान्यास गरेको हो । दंगालले २०७९ को स्थानीय तहको निर्वाचनमा उमेदवार बनिहरदा निजगढका वडाहरु जस्तै वडा नं ७ स्थित श्री नेत्रोदय माध्यमिक विद्यालय आसपासका क्षेत्रमा सिचाईको समस्याले कृषि उत्पादन लगायत अन्य बालिनालीमा समस्या आएको गुनासो अनुसार त्यस क्षेत्रको जनतासामु गरिएको प्रतिबद्धता पूरा गर्दै आईरहेका छन । सो डिप बोरिङ समाजसेवी मोहन डिसिको विशेष सक्रियता, पहल र आग्रहमा नेता दंगालले आ.व.२०७९/०८० को बजेट व्यवस्थापनगरी डिप बोरिङ्ग खन्ने कार्य सम्पन्न गरिएको थियो। बाँकी पाईपलाइन, ओभरहेड टंकी र विधुत्तिकरणको कार्यको लागि आ.व.२०८१/०८२ को बजेटमा पुनः योजना समावेशगरि आज शुक्रबारबाट शुरु भएको छ । सबै जनता र स्थानियको साथ र सहयोग रहनेमा म आशावादी नेता दंगालले राखेको छ । युवा नेता दंगलले अन्य बाँकी ठाउँको समेत डिप बोरिङ्गको कार्य शुरु हुने जनाएको छ ।

नेत्रोदय डिप ट्युबवेल सिँचाइ समितिका अध्यक्ष मोहन डिसीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा निजगढ-७ का वडा अध्यक्ष टेकबहादुर लामा, नेकपा माओवादी केन्द्रका  नगर अध्यक्ष संतोष दंगाल, कृष्णबहादुर लामा, राज श्रेष्ठ, चन्द्रका कुमारी मगर, रेग्जन लामा, आदित्य कोइराला, ज्योतिमाया एउम्बा, तेलबहादुर राना, कृअह्णकुमारी दुरुङ्ग, खड्गबहादुर आले, नेत्र पुलमी, डम्बर पुलामी, दिलबहादुर पुलामी  र सुन्तली लामालगायतको सामाजिक आभियान्तहरुको सहभागी रहेका थिए । यो डिप बोरिङ ट्युबवेल निर्माण भएपछि यस क्षेत्रको सिँचाइमा सहयोग पुग्ने छ । कृषि पेशालाई सहज बनाउनका लागि हिउँदे सिँचाइबाट तरकारी खेती अझ सहज हुने देखिन्छ । डिप बोरिङ ट्युबवेल निर्माणपछि स्थानीय समुदायमा खेतीपातीमा सिँचाइ गर्न र वडामा रहेको किसानहरु लाभान्वित हुने छ । त्यस्तै गरि वडा नम्बर ७ को  शिवनगरमा गत माघ २१ गते  श्री पञ्चशिल सिचाइ उपभोक्ता समिती समेत गठन भएको छ । यतिराज सापकोटाको अध्यक्षतामा उपभोकता समितिका उपाध्यक्ष कल्पना लामिछाने, सचिव निरज श्रेष्ठ, कोषाध्यक्ष कविता श्रेष्ठ, सहसचिव रामप्रसाद लामिछाने रहेका छन । त्यस्तै सदस्यहरुमा दिल कुमारी लामा, नवराज चौलागाई, रिना पहरी रहेका छ्न । आ.व. २०८१/०८२ को संघिय सरकारको उर्जा ,जलश्रोत तथा सिचाई मन्त्रालय अन्तर्गत नविनतम भुमिगत सिचाई आयोजना अन्तर्गतको बजेटबाट काम हुने गरि निजगढ वडा नं ७ स्थित शिवनगर टोलको करिब ७० विगाह सुख्खाग्रस्त क्षेत्रको लागि यो समिती गठन गरिएको छ । युवा नेता रविराज दंगालको विशेष पहलमा आएको यस आयोजनाको काम समयमै सम्पन्न गर्न स्थानिय बुद्दिजिवी एवं समाजसेवी रामप्रसाद पराजुलीको अध्यक्षतामा भेला भएको थियो । भेलामा वडा नं ७ का वडा अध्यक्ष टेक बहादुर लामाको विशेष उपस्थिती रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित