(फोनिज) बाराको नव निर्वाचित पदाधिकारीलाई सपथ ग्रहण

391
SHARES
515
VIEWS

बारा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) बाराका निर्वाचन समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरेको छ । उक्त कमिटीका सह संयोजक भुवन चौधरी थारूको अध्यक्षतामा भएको कार्यक्रममा कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीको प्रमुख आतिथ्यता रहेक थिए । नव निर्वाचित पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण तथा प्रमाणपत्र वितरण एक कार्यक्रम विच बिहीबार बाराको कोल्हवी नगरपालिकाका वडा नम्बर ३ रमणीय तथा पर्यटकीय स्थल  पथलहवाघाटमा सम्पन्न भएको हो । गत माघ १ गते भएको (फोनिज) का चौथो अधिवेशनबाट धिरेन्द्र पनुहरको अध्यक्षतामा ९ कार्यसमितिका सदस्यलाई सर्वसम्मत निर्वाचित गरेका थिए । कार्यसमितिका उपाध्यक्षमा प्रकाश श्रेष्ठ र महिला उपाध्यक्षमा इन्दिरा चौधरीलाई चुनेका थिए । भने सचीव र सहसचिवमा जितेन्द्र चौधरी र बसन्त लामालाई छानिएका थिए । त्यस्तै कोषाध्यक्ष र सदस्यहरुमा कोषाध्यक्ष बिनिता चौधरी र सदस्यहरुमा उमेश घलान, मुकेश चौधरी र  राजकुमार लामालाई सर्वसहमतिमा चयन गरेको थियो । त्यस्तै कार्यक्रममा फोनिज मधेस प्रदेश अध्यक्ष दुष्यन्त चौधरी , कोल्हवी नगरपालिकाका उप नगर प्रमुख लक्ष्मी चौधरी, कोल्हवी नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष राजहरन चौधरी , वडा नम्बर ३ का वडा अध्यक्ष किसुनदयाल चौधरी, वडा नम्बर १० का वडा अध्यक्ष कुञ्ज बिहारी चौधरी, कोल्हवी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष  विष्णुप्रसाद मैनाली, नेपाल मत्स्य  व्यवसायी संघ बाराका अध्यक्ष विरेन्द्र चौधरी, ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरिक्षक किसन बस्नेत, समाजसेवी सञ्जय चौधरी, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका पुर्व सचिव गुरु प्रसाद गौतम , संचारकर्मी सन्तोष पाण्डे , गोकुल घोरसाईने , जितलाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन बिनिता चौधरीले गरेकी थिइन् । भने स्वागत मन्तव्य नव निर्वाचित उपाध्यक्ष ईन्दिरा चौधरीले गरेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित