बारा । नेपाल तामाङ धेदुङ बाराले यसवर्षको सोनाम ल्होछार पर्व (नयाँ वर्ष) माघ २६ गतेका दिन मनाउने भएका छ ।
तामाङ समुदायको राष्ट्रिय सोनाम ल्होछार २८६१ डुल (पुख्री) ल्होछार मूल समारोह समितिले बुधबार निजगढमा पत्रकार सम्मेलन आयोजना गरी तामाङ सांस्कृतिक महोत्सवको रुपमा ल्होछार पर्व मनाउने जानकारी दिएको हो ।
सोनाम ल्होछार पर्वलाई नेपाल तामाङ घेदुङ निजगढलगायत विभिन्न संघ संस्थाहरुको सहभागितामा धेदुङले ल्होछारलाई विशेष तामाङ सांस्कृतिक महोत्सवका रुपमा मनाउँदै आएको छ ।
यस वर्ष मुख्य दिन (माघ १७ गते) भएपनि केहि दिन ढिलो गरेको हो । निजगढ नगरपालिका वडा नम्बर १० लालमा १०:३० बजे निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले ल्होछार कार्यक्रम उदघाटन गर्ने कार्यक्रम छ । औपचारिक कार्यक्रमअघि बुद्ध चोकबाट सांस्कृतिक र्याली, झाँकीसहित गाउका विभिन्न स्थान परिक्रमा गरिनेछ ।
तामाङ्ग ल्होछारमा तामाङ जातिको सांस्कृतिक संस्थाहरू (ताम्बा, बोन्बो तथा लामा) गुरुहरूद्वारा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्यहरू (दोहोरी, नृत्य, डम्फू सेलो, मानेदोरा म्हेन्दोमाया) साथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित अतिथि कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
यसैगरी ल्होछारमा तामाङ समुदायको विशेष खानाको परिकार, तामाङ भेषभूषा, तामाङ जातिसँग सम्बन्धित पुस्तक तथा अन्य जातीय पहिचान झल्किने परम्परागत वस्तुहरूलाई विभिन्न स्टलहरूमा बिक्री तथा प्रदर्शनी गरिनेछ ।
विगत ३६ वर्षदेखि भव्य र उल्लासमय वातावरणमा मनाउँदै आएको नेपालमा सोनाम ल्होछार पर्वलाई यस वर्ष अझ भव्य र सभ्य ढंगले सम्पन्न गर्ने लक्ष्य लिइएको ल्होछार मूल समारोह समिति संयोजक सुर्यघलानले बताए ।
उनका अनुसार कार्यक्रमलाई अझ व्यवस्थित पार्न आर्थिक व्यवस्थापन, प्रचारप्रसार, मञ्च सजावट, सांस्कृतिक र्याली व्यवस्थापन, घेदुङ्ग युवा परिचालन, सांस्कृतिक कार्यक्रम, वर्ष व्यक्तित्व सम्मान, ल्होछार इभ व्यवस्थापन, अतिथि सत्कार र तामाङ भाषा साहित्य प्रवर्द्धन समेत गरिने छ ।






















Discussion about this post