बारा उपरीक्षक तामाङ्गको प्रतिबद्धता : शान्ती सुरक्षाकालागि कसैसंग सम्झौता नगर्ने

401
SHARES
528
VIEWS

बारा । भर्खरै सरुवा आएका बारा जिल्ला प्रहरी उपरीक्षक सन्तोष तामाङ्गले मंगलबार जिल्ला प्रहरी कार्यालय परिसरमा जिल्लाका पत्रकारहरुसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै उपरीक्षक  तामाङ्गले कानुन कार्यान्वयनमा कुनै पनि कम्प्रोमाइज नगर्ने बताएका हुन । उपरीक्षक तामाङ्गले बोलेर भन्दा पनि काम गरेर देखाउने आफ्नो कार्यकालमा अपराध अनुसन्धानमा कुनै पनि पक्ष सँग नझुकेर कार्वाही गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

शुक्रबार देखि बारा जिल्लाको प्रमुख प्रहरी उपरीक्षकको कार्यभार सम्हालेका तामाङ्गले जिल्ला मातहतका सबै युनिटलाई सशक्तरुपमा सक्रिय बनाएर गस्ति विस्तार गर्ने र शान्ती सुरक्षाको मामिलामा सम्झौता नगर्ने अडान राखेका छन् । छिमेकी राष्ट्र भारतसँग खुला सिमाना जोडिएको जिल्लामा केही बढी चुनौती भएपनि यहाँका पत्रकारहरुको सहयोग प्राप्त हुने उपरीक्षक तामाङ्गको विश्वास छ । जिल्लामा केही ठाउँमा तस्करी, जुवातास र लागूऔषध सेवन होटलहरुमा हुने यौन धन्दा लगायतको कारोबार भएको भन्दै त्यसलाई रोक्न कुनै कसुर बाँकी नराख्ने बताए । उनले जिल्लामा हुने शान्ती सुरक्षा, अपराध नियन्त्रण, लागुऔषध ओसारपसार, महिला तथा घरेलुु हिंसा, लैङ्गिक हिंसा, झैझगडा अन्त्य गर्न पत्रकारहरुसँग समेत सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्ति गरे ।

परिचयात्मक कार्यक्रममा पत्रकाहरूले कसैको दबाब र प्रभावमा नपरी काम गर्न जिल्ला प्रहरी प्रमुख तामाङ्गलाई सुझाव दिएका थिए । शान्ति सुरक्षाका हिसाबले बारा जिल्ला संवेदनशील जिल्ला भएको भन्दै पत्रकारहरूले कसैको प्रभाव र दबाबमा नपरेर शान्ति शुरक्षामा थप मजबुत बनाउन तामाङ्गलाई अनुरोध समेत गरेका थिए ।जिल्ला प्रहरी कार्यालय बारामा सरुवा भएर आएका तामाङ्गले पत्रकार र प्रहरी बीचको सम्बन्ध अझ प्रगढ हुनु पर्ने बताए । उपरीक्षक तामाङले सुचना खोजी र प्रवाह गर्ने विषयमा पत्रकारहरुलाई सहज तरिकाले सुचना उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । परिचयात्मक कार्यक्रममा सहभागि पत्रकारहरुले बारामा लागु औषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, चोरी नियन्त्रणसँगै जिल्लामा शान्ति सुरक्षा प्रदान गर्नु प्रहरीले सबै सँग सहकार्य गर्दै जान सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित