बारा । गौरीशंकर माविका २०६८ एसएलसी व्याचका विद्यार्थीहरुले सरस्वतीको प्राण प्रतिष्ठन निर्माण गरी व्यवस्थित गरिएको छ । बाराको निजगढ नगरपालिका –६ सडकटोल स्थित गौरीशंकर माद्यामिक विद्यालय सडकटोलमा मन्दीर निर्माण गरी सरस्वती पूजाको दिन विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
श्री गौरीशंकर माद्य्यमिक विद्यालय, सडकटोलको हाताभित्रका २०६८ साल एसएलसी ब्याचद्वारा सो नवनिर्मित सरस्वती मन्दिरमा सरस्वती माताको प्राण प्रतिष्ठान एक कार्यक्रमबिच सम्पन्न समेत भएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यादवकुमार तिमल्सिनाले उदघाटन गरेका थिए ।
मूर्ति प्राण प्रतिष्ठान पूजाको लागि यसै विद्यालय व्यवस्थापक अध्यक्ष थानेश्वर सापकोटाले कार्यक्रमको सम्पन्न हरेका थिए । कार्यक्रममा निजगढ नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकिय अधिकृत अजय बर्तौला, शिक्षा अधिकृत उत्तम लामिछाने, वडा नम्बर ६ का वडाअध्यक्ष घनश्याम तिमल्सिना, जनप्रतिनिधीहरु, पुर्व जनप्रतिनिधिहरु , समाजसेवी, शिक्षाप्रेमी लगायतका व्यक्तित्त्वहरुको सहभागी रहेका थिए । ६८ साल एसएलसी व्याचका पुर्व विद्यार्थी ईश्वर सापकोटा र उदय पाण्डेलगायतका विद्यार्थीहरुले सरस्वती देवीको मन्दिर निर्माणगरी धार्मीक विधिअनुसार स्थापना गरिएको थियो ।
युवाहरूले विद्यालयमा मन्दीर निर्माण गरी हस्तान्तरण गरेको विद्यालयका पुर्व विद्यार्थी इश्वर सापकोले जानकारी दिए ।






















Discussion about this post