निजगढमा शहीद दिवसमा माल्यार्पण

389
SHARES
512
VIEWS

बारा । देश र जनताको लागि ज्यान आहुँति दिने शहीदहरुको सम्झनामा बुधवार निजगढ नगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । निजगढ नगरपालिका-४ सहिद हिरालाल पार्क परिसरमा नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको सो कार्यक्रममा शहीदहरुको फोटोमा माल्यार्पण गर्नुका साथै शहीदको योगदानको चर्चा पनि गरिएको थियो ।
कार्यक्रममा निजगढ नगरपालिकाका उपप्रमुख सोममाया थिङ, कोल्हवी नगरपालिकाला प्रमुख रामप्रसाद चौधरी, उपप्रमुख लक्ष्मी देवि चौधरी, वडा अध्यक्ष १ देखी १३ वडाका वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, निजगढका विभिन्न राजनीतिक दलका पदाधिकारीहरु नेपाली कांग्रेस नगर सचीव मधु तिमल्सिना, नेकपा एमाले नगर उपाध्यक्ष भोलाप्रसाद गौतम, नेकपा (माओवादी केन्द्र)नगर अध्यक्ष सन्तोष दंगाल नेकपा एकीकृत सामजवादीका नगर अध्यक्ष भिमसेन सापकोटा ल, नगरपालिकाका  कर्मचारीहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित