वन उपभोक्ता समूहका पदाधिकारीलाई दिगो वन व्यवस्थापनसम्बन्धि तालिम

391
SHARES
514
VIEWS

रतनपुर । सव डिभिजन वन कार्यालय रतनपुरले रतनपुर सव डिभिजन भित्र रहेका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुको लागि वन सम्बर्द्धन प्रणालीमा आाधारित दिगो वन व्यवस्थापन सम्बन्धि एकदिने तालिमको आयोजना गरेको छ । रतनपुर सबडिभिजन कार्यालयले निजगढ नगरपालिका वडा नम्बर ११ को सभा हलमा बुधवार सम्पन्न भएको तालिममा रतनपुरका ११ वटा वन उपभोक्ता समुहका ४४ जना पदाधिकारीहरुको सहभागिता रहेको थियो । तालिमका सहभागीहरुलाई दीगो वन व्यवस्थापनको लागि अपनाउनुपर्ने कार्यको बारेमा जानकारी दिइएको रतनपुर सबडिभिजन कार्यालयका रेञ्जर कपिलदेव प्रसाद यादवले जानकारी दिए ।

मधेस प्रदेशमा वन सम्बर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यविधि तयार भएर कार्यान्वयनको चरणमा रहेकोले कार्याविधिको अनुसार वन संरक्षणको क्षेत्रमा काम गर्ने क्रममा उत्पन्न हुनसक्ने समस्या समाधानको लागि सामुदायिक वन समूहका पदाधिकारीहरुलाई जानकारी दिइएको हो । सहभागीहरुलाई हालखोरीया सव डिभिजन वन कार्यालयका प्रमुख विनायकुमार साहले प्रशिक्षण दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित