जिल्ला प्रहरी कार्यालय बारामा तामाङ्ग आउने

403
SHARES
530
VIEWS

बारा । जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङ्ग आउने भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले बाराको प्रहरी प्रमुखको रुपमा तामाङ्गलाई पठाउन लागेको हो । गत चैत्र महीनामा प्रहरी उपरीक्षकमा बढुवा भएका तामाङ्ग नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग तालिम शाखा नक्सालमा कार्यरत थिए । बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्का प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा हुँदै सरुवा भएपछि उनको स्थानमा प्रहरी प्रधान कार्यालयले तामाङ्गलाई पठाउने निर्णय गरेको हो । खड्काको गण्डकी प्रहरी प्रदेश कार्यालयमा सरुवा भएको छ । यसैगरी पर्साको प्रहरी प्रमुखमा प्रहरी उपरीक्षकमा गौतम मिश्र आउने भएको छ । प्रहरी उपरीक्षक कुमोध ढुंगेलको स्थानमा प्रहरी प्रधान कार्यालयले मिश्रलाई पठाउन लागेको हो । मिश्र जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत छन । मिश्र प्रहरी नायब उपरीक्षक पदमा रहँदा जिल्ला प्रहरी कार्यालय बारामा समेत कार्यरत थिए ।  ढुंगेलको भने प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा सरुवा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित