तेस्रो लोछर कप उपाधिका लागि भोली रतनपुर र विरगन्ज भिड्दै

402
SHARES
529
VIEWS

बारा । योङ स्टार युनाइटेड फुटबल युवा क्लबद्वारा आयोजित तेस्रो लोछार कप प्रतियोगिताको उपाधि भिडन्तमा रतनपुर युनाइटेड र विरगंज युनाइटेड प्रतिस्पर्धा हुने भएको छ ।

निजगढ-१०, लाल बुद्धचोक फुटबल खेल मैदानमा भोलि (शनिबार) फाइनल भिडन्तमा दुवै टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।

यही माघ ३ गते देखि सुरु भएको खुला नकआउट फूटबल खेल प्रतियोगिताको सेमिफाइनलमा विरगंजले एभरेष्ट सर्लाहीलाई २–० गोलअन्तरले पराजित गरेको थियो ।

स्थानीय दर्शकहरु विरगंजलाई राम्रो टोलीको दृष्टि कोणले हेर्ने गर्छन । जब की विरगंजले एभरेष्ट जस्तो बलियो टोलीलाई  हराएको थियो । त्यसैले भोलि निकै प्रतिस्पर्धात्मक खेल हुने अनुमान गरेको छ । त्यस्तै हिजो भएको सेमिफाइनल खेलमा रतनपुरले बेङ्खाडीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

रतनपुरलाई लाल खेलमैदानको पुर्ण परिचीत रहेकोले मनोबल उच्च रहेको र जितकै लागि खेल्ने दाउपेचमा छन ।

रतनपुरले सेमिफाइनलको खेलमा बेङ्खाडीसँग उत्कृष्ट खेल खेल्न नसके पनि भोलिको खेलमा उपाधि जित्ने मनोबलका साथ खेल प्रदर्शन गर्ने विश्वास रतनपुर वासीहरुको रहेको छ ।

विरगंज र रतनपुरबीचको फाइनल खेल दिउँसो २ः०० बजेदेखि सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित