धनसार खोला झोलुङ्गे पुल निर्माण कार्य अधुरो, विद्यार्थीहरु बढी मर्कामा

414
SHARES
545
VIEWS

बसन्त लामा/सिंगौल । निजगढ नगरपालिका वडा नम्बर १ स्थित वनस्थली हाट बजार हुँदै रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकासंग जोडने धनसार खोला भालुघाट झोलुङ्गे पुलको निर्माण कार्य लामो समयदेखि अधुरो रहेको छ ।

उपभोक्ता समितिमार्फत गर्नुपर्ने सबै काम पूरा भइसकेको अवस्थामा पनि संघीय सरकारले ठेक्कामार्फत गर्नुपर्ने बाँकी काम पूरा नगरेकाले पुल निर्माण कार्य अधुरो रहेको हो । झोलुङ्गे पुल निर्माणमा आवश्यक सामग्रीको खरिद टेन्डर लगाउन निजगढ नगरपालिकाले पटक पटक आग्रह गर्दा समेत संघीय सरकारले आनाकानी  गर्दैआएकोले पुल अधुरो रहेको हो ।

पुल निर्माणका कार्य ७० प्रतिशत काम सम्पन्न
भइसकेको सो पुलको बाँकी नहुँदा यस क्षेत्रका बासिन्दाले आवागमनमा समस्या वेहोर्दैआएका छन । धनसार खोला तर्ने अर्को पक्की पुल नभएको र झोलुङे पुल निर्माण कार्य पनि अधुरै रहेकोले निजगढको सिगौल क्षेत्र र छिमेकी जिल्ला रौतहटको चन्द्रपुर नगरपालिकाको अरुण बस्ति आसपासका वासिन्दालाई वर्षा र हिउँद महीनामा पनि खोला वारपार गर्न समस्या हुने गरेको हो ।

‘अरुण बस्तिवाट सिंगौलका विद्यालयमा अध्ययन गर्न आउने बिद्यार्थीहरु सबैभन्दा बढी समस्यामा पर्नेगरेका छन, स्थानीय कृष्ण थोकरले भने, वर्खायाममा खोलाको बाढीमा हेलिदै बालबालिकाहरु ज्यान जोखिममा राखेरा स्कुल जान बाध्य छन ।’ ठूलो बाढी आएको बेला तर्न नसकेर विद्यार्थीहरु घरमै बस्ने र पठनपाठन अवरुद्ध हुने थोकरको भनाई छ ।

अरुण बस्तिलगायत सो क्षेत्रबाट दैनिक सयौं विद्यार्थीहरु अध्ययनको लागि निजगढ वडा नम्बर १ सिंगौलमा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा आउने गरेका छन ।

निजगढ नगरपालिका र हेल्भेटासबीच ०७९ सालमा दुई वर्षभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी पुल निर्माण सम्झौता भएको थियो । यसको लागि १ करोड २७ लाख बजेट विनियोजन भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित