बारा । बाराको करैयामाई गाउँपालिका वडा नम्बर ८ स्थित नरही चौकमा माघी पर्वको बिशेष अवसर पारि करैयामाई वडा न.८ र बारागढी गाउँपालिका र आउ मिलि सहयोग गरौ संस्थाको संयुक्त आयोजनामा मंगलवारबाट थारु माघि कला तथा संस्कृतिक मेला २०८१ शुभारम्भ भएको छ ।
माघ तीन गते सम्म लाग्ने उक्त कार्यक्र्मका सभापती किशोरी प्रसाद चौधरीको रहेको थियो भने प्रमुख अतिथी हरिवाबु चौधरी रहनु भएको थियो । यसैगरी बिशिस्ट अतिथिहरुमा बारा १ का संविधान सभा सदस्य वलबिर चौधरी, सम्बिधान सभा सदस्य दिलमाया थामी, करैयामाई गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादब, राम प्रसाद चौधरी, करैया गाउपालिकाका उपाध्यक्ष सुनैना कुमारी चौधरी, करैयामाई वडा न.८ का वडा अध्यक्ष दिनेश चौधरी, राजनिज्ञ ओम प्रकाश चौधरी, बृज किशोर चौधरी लगायतका महानुभावहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको स्वागत मन्तब्य सुरेन्द्र प्रसाद चौधरिको रहेको थियो । कार्यक्र्ममा थारु सम्बन्धि भेष भुषा, उनिहरुले माघिमा खाने विभिन्न परिकारहरु, थारूको घर उनिहरुको रहन सहन झल्किने खालको विभिन्न अवलोकनका लागि राखिएको थियो ।
यसै गरि सांस्कृतिक मेलामा विभिन्न थारु झाकिहरु र नृत्य प्रतियोगिता हुने छ भने उक्त संस्कृतिक कार्यक्रममा प्रथम, दित्तिय र तृतिय हुनेलाई जनहि रु ५० हजार, ३० हजार र २० हजार प्राप्त गर्ने छन ।
कार्यक्रमको सन्चालन प्रतिमा चौधरिले गरेकी थिइन भने भोलि विभिन्न नृत्य प्रतियोगिता र पर्सि समापन हुने आयोजकले जनाएको छ ।






















Discussion about this post