निजगढ-११ मा थारु समुदायको माघी मिलन संस्कृतिक कार्यक्रम हुँदै

404
SHARES
531
VIEWS

बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरमा थारू समुदायको संस्कृति जगेर्नामा ‘माघी मिलन कार्यक्रम’ सशक्त माध्यम बन्न थालेको छ ।थारू समुदायको महत्वपूर्ण पर्व माघीका अवसरमा थारू बहुल गाउँ तथा वडाहरुमा माघी मिलन कार्यक्रम आयोजना हुन थालेपछि संस्कृति जगेर्नामा टेवा पुगेको हो ।

निजगढ-११ नम्बर वडा कार्यालयले उक्त कार्यक्रमलगायत संस्कृति जोगाउन योगदान पुर्‍याउने अन्य कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गर्दै आएका छन् ।

कार्यक्रममा थारू बूढापाकाहरुबाट तन्नेरीहरुले थारू समुदायको परम्परागत लवाइखुवाइ र रहनसहनका साथै  संस्कृतिसँग सम्बन्धित गीत, नृत्य, चालचलन सिक्ने मौका पनि पाउने गरेका छन् । संस्कृतिसँग सम्बन्धित पुराना कुराहरु युवाले सिक्ने मौका पाउने गरेकाले थारू समुदायको परम्परा थामिएको छ,’ निजगढ नगरपालिका–११ का वडाध्यक्ष सहईया गुरोले भने, ‘बूढापाकाहरुबाटै हराउँदै गएका सजना, धमारलगायत गीतहरु सुन्ने मौका पाएका उनीहरू सिक्न उत्सुक छन्।’

नयाँ पुस्तालाई पुराना धार्मिक र सामाजिक भावनाले ओतप्रोत गीतहरु सुनाउने मौका पाइएको रतनपुर गाउँका एक स्थानीयले बताए । गीतसँगै पुस्तान्तरण हुँदै आएका सखिया, झुम्रा, हुरदङ्ग्वा, छोक्रा, मघौटालगायत नृत्यहरु माघी मिलनजस्ता कार्यक्रममा देखाउने मौका पाइने गरिएको उल्लेख छ ।

‘केही वर्षअघि पश्चिमी संस्कृतिको सिको गर्दै युवाले आफ्नो परम्परा, संस्कृति र पहिरन भुल्दै जान थालेका थिए ।, ‘देशमा लोकतान्त्रिक गणतन्त्र सुरुआत भएसँगै जनप्रतिनिधि चुन्न थालेपछि संस्कृति जोगाउनका लागि बजेटको व्यवस्था हुन थालेको र कार्यक्रम हुन थालेकाले  पुराना संस्कृति जोगिएका छन् ।’

जनचेतनाको बढदो प्रभावका कारण संस्कृतिसँग सम्बन्धित कुराहरु जोगिएको थारू अगुवाहरुको भनाइ छ । ‘युवतीले निःसङ्कोच सार्वजनिक समारोहमा परम्परागत पहिरन र गहना लगाउने गरेका छन, ‘यो गर्वको कुरा हो, पछिल्लो पुस्ता पनि परम्परागत पहिरन जोगाउन अगाडि सरेका छ।’

माघी मिलन कार्यक्रमहरुमा थारू समुदायको परम्परागत मौलिक परिकारका रुपमा रहेका अन्तिको चामलको पीठोबाट बनाइएको ढिक्री, गुलियार जाँड, महुवाँको फुलबाट तयार गरिएको मदिरा, मुसाको चटनी, घोँघी, सुगुँरको सिकारलगायत बनाउने र पाहुनालाई चाडपर्वका बेला खुवाउने गरिएको पश्चिम नेपालका थारु समुदायमा पाईन्छ । औद्योगिक व्यापार, मेला, पर्यटनसम्बन्धी मेला र हाटबजार लाग्ने क्षेत्रमा थारू समुदायका मौलिक परिकार बिक्रीका लागि राखिएको हुन्छ ।

त्यस्तैगरि निजगढ नगरपालिका वडा नम्बर ४ मा पनि माघी संस्कृतिक हुने गरेको थियो । यस वर्ष वडा नम्बर ४ पुरानो निजगढम भने खसै चहलपहल देखिदैन र हामी माझ सूचना समेत आएको छैन । यसै कुरामा हामी निजगढ वडा नम्बर ४ का वडा अध्यक्ष विशन सापकोटालाई यस वर्षको माघी संस्कृतिक कार्यक्रमको बारेमा कुरा बुझ्न खोज्दा वडा अध्यक्ष सापकोटाले पट्कपट्क फोन काटिएका थिए । थारु समुदायको  सांस्कृतिक समारोहमा परम्परागत पहिरन, गहना, गीत, नृत्य, परिकार जोगिनाका साथै समाजलाई समृद्धिको बाटोमा अगाडि बढाउन र अधिकारका लागि सचेत पार्न गीत र नृत्यमार्फत कार्यक्रमहरु पनि हुने गरेका छन् ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि र कर्मचारीलाई सुनाउन पनि थारू समुदायका स्थानीय कलाकारले गीतमार्फत अधिकारका कुराहरु व्यक्त गर्न पछि पर्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित