बारा । प्रेस सेन्टर नेपाल बाराको पाँचौ अधिवेशन तथा साधारण सभाले रन्जन यादवलाई अध्यक्षमा सर्वसम्मत चुनिएको छ । नाराको सिमरा स्थित सिमराबपराडाईज होटलको सभाहलमा भएको अधिवेशनबाट उपाध्यक्षमा प्रदिप गौतम र महिला उपाध्यक्षमा प्रियंका सराफ्लाई पुनः दोहोरीएको छ । कार्यसमितिको सचिवमा भने अखिलेश्कुमार यादवलाई चयन गरिएको छ । सहसचिवमा कजल कार्की परियार र विशाल सराफलाई सर्वसम्मत चयन गरिएको छ । त्यस्तै कोषाध्यक्षमा शर्मालाल बैठालाई चयन गरेको छ । भने अन्य थप सदस्य पछि मनोनयन गर्ने समितिले जनाएको छ । यस्तैगरी सदस्यहरूमा अरुण कुशवाहा, पप्पु साह, महेन्द्र सहनी, राकेश चौधरी र बिकाश गुरुङ चयन भएका छन् । समितिले आगामी तीन वर्ष सम्म काम गर्ने छ । अधिवेशनमा नेकपा (माओवादी केन्द्र) का बारा जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य क्षेत्र बहादुर श्रेष्ठ (अनिल)ले नवनिर्वाचित समितिलाई बधाइ तथा शुभकामना दिँदै निरन्तर उत्पीडित र सर्वहारा वर्गको पक्षमा कलम चलाउन सुझाव दिए । रन्जन यादवको अध्यक्षता तथा प्रेस सेन्टर नेपालका उपाध्यक्ष गोबिन्द देवकोटाको प्रमुख आतिथ्यतामा अधिवेशन गरिएको थियो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका तर्फबाट नेपाल पत्रकार महासङ्घ बाराको कार्यसमिति कोषाध्यक्षमा निर्वाचित रन्जन यादव र जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित शर्मालाल बैठा प्रदेशका सचिवमा निर्वाचित दिपक गौतम र केन्द्रिय सदस्यमा निर्वाचित राजु बिश्वकर्मा लाई सम्मान गरिएका थिए ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल, नेकपा (माओवादी केन्द्र) की केन्द्रिय सदस्य गिता कंडेल ,शिला खनाल, नेकपा (माओवादी केन्द्र) का जीतपुरसिमरा नगर कमिटी अध्यक्ष प्रेम बराल, कलैया उपमहानगर कमिति अध्यक्ष मुकेश साह, नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा र नेपाल प्रेस युनियनका अध्यक्ष श्यामबाबु यादव लगाययले शुभकामना व्यक्त गरेका थिए । नेपाल प्रेस सेन्टर केन्द्रिय सदस्य तथा बारा जिल्ला प्रेस सेन्टर जिल्ला इन्चार्ज कृष्णउदास खनालले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन भने प्रेस सेन्टर नेपाल बाराका उपाध्यक्ष प्रदीप गौतमले संचालन गरेका थिए ।





















Discussion about this post