बारा । बाराको निजगढ ७ स्थित रहेको लोकप्रिय बचत तथा ऋण सहकारी संस्था लि. को १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । निजगढ-८ शुभकार्य बैंक्युट पार्टी प्यालेस तथा सेमिनार हालमा उक्त कार्यक्रम सम्पन्न भएको हो । संस्थाको अध्यक्ष अम्विकाप्रसाद चौलागाईंको अध्यक्षतामा भएको साधारणसभालाई प्रमुख अतिथि मधेस प्रदेश सभा सदस्य मिना लामाले सप्तरङ्गी सात ओटा मैनबत्ती बालेर उदघाटन गरेकी थिइन । कार्यक्रममा निजगढ नगरपालिका नगर प्रमुख सुरथ पुरी, जिल्ला समन्वय समितिकी उप प्रमुख चाण्डका उप्रेती, निजगढ नगरपालिकाकी उप प्रमुख सोममाया थिङ्ग, नेफुसकुन केन्द्रिय संचालक समितीकी सदस्य शोमा राउत, सहकारी संजाल संयोजक तथा सगरमाथा सहकारी संस्थाका अध्यक्ष भोलाप्रसाद गौतम र खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष सुदर्शन कोइरालालगायतले संस्थाको प्रगति र उन्नतिको बारेमा महत्त्वपूर्ण मन्तव्य राखेका थिए । त्यस्तै कार्यक्रममा अवतार सहकारी संस्थाका अध्यक्ष अजय लामा, हिमचुली साना किसान सहकारी संस्थाकी अध्यक्ष दुर्गा कोइराला, निजगढ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिना, निजगढ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, श्री कृष्ण प्रणामी मन्दिर निजगढ- ६ का प्रतिनिधि, गौरीशंकर क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एकबहादुर श्रेष्ठ, गौरीशंकर मा.वि.निजगढ ६ का प्रतिनिधि श्री सार्वजानिक मा.वि. निजगढ ५ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा गौतम, निजगढ-९ स्थित रहेका समुदायमा आधारित प्रसुति गृह संचालन समितीका अध्यक्ष माधव न्यौपानें सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष मणिश्वर घिमिरे र ऐचोपैचो बचत तथा ऋण सहकारी सस्था लि. अध्यक्ष नारायणप्रसाद गौतमलगायतका सहभागी रहेका थिए । संस्थाका अध्यक्ष अम्बिकाप्रसाद चौलागाईंले प्रस्तुत हरेका वार्षिक प्रतिवेदन सर्वसम्मत साधारणसभाले पास गरेको छ । त्यस्तैगरि लेखा सुपरिवेक्षण समितिकी पार्वती अधिकारी प्रस्तुत गरेकी थिइन । लेखा सुपरिवेक्षण समिति अधिकारीले गरेकी प्रतिवेदनमा कुल शेयर १ करोड ३० लाख ९४ हजार ७०० सय रहेकोमा
यस वर्षको कुल बचत १५ करोड ६७ लाख ३१ हजार ७ सय ८७ रुपैयाँ ८९ पैसा रहेको छ । र यस वर्षको कुल ऋण १६ करोड ३१ लाख ८९ हजार १ सय ६९ रुपैयाँ रहेको छ भने स्थिर सम्पती ३० लाख १७ हजार ३ सय ७९ रुपैयाँ २८ पैसा रहेका छन । त्यस्तै जगेडा कोषमा २ करोड ३७ लाख ३० हजार २५ रहेको छ । भने संस्थाले आयकर पछीको खुद नाफा ९३ लाख १३ हजार २ सय ८२ रुपैयाँ रहेका उक्त प्रतिवेदनले देखाएको छ । त्यस्तैगरी संस्थाकी कोषाध्यक्ष अन्जु नेपालीले आर्थिक वर्ष २०८०/०८१ को आर्थिक प्रतिवेदन पेसगरेकी थिइन कोषाध्यक्ष नेपालीले प्रस्तुत गरेको प्रतिवेदनमा विभिन्न प्राकृतिक प्रकोप र मन्दीका कारण पनि संस्थाले २५ करोड कारोवार गरी खर्च कटाई करिव १ करोड ३ लाख मुनाफा हासिल गर्न सफल भएको बताएकी थिइन । संस्थाले कार्यक्रममा उत्कृष्ट वचत र ऋणी सम्मान सम्मान गरेको छ । सम्मानित हुनेमा ऋणी तर्फ मन्जिता माया जिम्बा निजगढ-३ सिङ्गौल, देविलाल चौलागाई निजगढ-७, डिल्ली प्रसाद गौतम निजगढ-७ र कुमारी कुश्वार निजगढ-४ का रहेका छन । त्यस्तैगरी उत्कृष्ट बचतकर्ता केदारनाथ तिमल्सिना निजगढ-३ सिङ्गौल, राधाकृष्ण सापकोटा निजगढ-२ सिङ्गौल विष्णुप्रसाद सिटौला निजगढ- ७ र फुलमाया बजगाई निजगढ- ९ र रामकुमार गौतम निजगढ-७ का रहेका छन । त्यस्तै उत्कृष्ट बालबचततर्फप्रिन्स कुमार साह निजगढ-९ का रहेका छन । अधिक अनिवार्य मासिक बचत तर्फ
अम्बिका कुमारी घिमिरे निजगढ-७ रहेका छन ।
त्यस्तै कार्यक्रममा पूर्व कर्मचारीलाई समेत सम्मान गरेका छन पुर्व कर्मचारी अस्मिता दाहाल र सुनिता सापकोटालाई संस्थाले सम्मन हरेको हो । त्यस्तै उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरेको छ । सम्मानित हुने कर्मचारीमा सिङ्गौल शाखाका व्यवस्थापक सुरेश शर्मा रहेका छ्न । त्यस्तैबसंस्थागत बचत तर्फ भने गौरी शकर मा.वि.सडकटोललाई सम्मान गरेको छ । त्य्स्तै पुर्व संचालक समितिलाई पनि सम्मान गरेका थिए संस्थाले पुर्व संचालक समिति सिद्धबहादुर्लाई सम्मान गरेका थिए । त्यस्तै संस्थाले अतिथिहरुलाई मायाको चिनो समेत प्रदानगरी सम्मान गरेको थियो । संस्थाको उपाध्यक्ष केदारप्रसाद गौतमले स्वागत मन्तव्य राखेको सो साधारणसभाको कार्यक्रम भने संस्थाका सचीव लिलानाथ वन्जराले गरेका थिए ।
Discussion about this post