बारा । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज राप्रपा निजगढले विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानलाई स्मरण गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढले कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पणगरि मनाएको हो ।
दिवसको अवसरमा राप्रपा निजगढले पृथ्वीनारायणको तस्बिरमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिएको छ ।
राप्रापा निजगढले सो अवसरमा निजगढको सहिद चोकबाट बुद्धचोकसम्म पुगी नगर परिक्रमा गरी पुन सहिद चोक आई सभामा परिणत भएको थियो । कार्यक्रमका सभाध्यक्ष राप्रपा निजगढ नगरकार्य समितिका अध्यक्ष खड्गप्रसाद उप्रेतीको थियो भने प्रमुख अतिथि राप्रपा केन्द्रीय सदस्य तथा धार्मिक अभियन्ता अभिषेक जोशी रहेका थिए ।
त्यस्तै विशिष्ट अतिथिमा राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित संगठनका केन्द्रीय अध्यक्ष अमर परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य सावित्री देवी भारती, किसान संगठनका केन्द्रीय सदस्य तथा पृथ्वीनारायण शाहको तस्बिर कार्यालयमा राख्ने अभियन्ता निर्मल खड्का, महिला संगठनकी केन्द्रीय सदस्य शेषा सापकोटा, भक्त दर्लामी, सुजन तिमल्सिना लगायतको कार्यकर्ताहरूको रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि अभिषेक जोशीले जसले यो राष्ट्र बनायो त्यही राष्ट्र बनाउने ठूला पार्टीहरूले आज पृथ्वीनारायण शाहलाई बिर्सिएका छन् र ठूला दलहरू देश बनाउने भन्दा पनि आफू कसरी सत्तामा पुग्ने र अकुत सम्पत्ति कुम्ल्याउने र भ्रष्टाचार कसरी गर्न सकिन्छ भन्ने दाउपेचमा रहेको बताए ।
उनले भने आज यो देशमा जति भ्रष्टाचार भएको छ त्यो सबै छोप्दा छोप्दै पनि देखिएकाहरु दोषी देखिएका हुन् भोलि सबै केलाउँदै जाने हो भने माथिदेखिबाट तलसम्म कोही पनि नबच्ने जिकिर गरे । यसैगरी सावित्री देवी भारती, भक्त दर्लामी, अविनाश बुढाथोकी लगायतले शुभकामना राखेका थिए । भने स्वागत मन्तव्य शेषा सापकोटाले राखेकी थिइन । कार्यक्रमको सञ्चालन नगर प्रवक्ता केशव राउतले गरेका हुन् ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशैभरि राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्लाको सदरमुकाम तथा स्थानीय तहहरूमा गरिएको छ । त्यसैगरी काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्रीहरू लगायतले श्री ५ बडा महाराज धिराजको तस्वीरमा माल्यार्पण गरेका थिए । तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए ।
उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ ।
विक्रम संवत् १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए । उनले आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन् । भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको संज्ञा दिएका थिए ।
पछिल्ला वर्षमा उनको योगदानको कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक बिदाको परम्परा पुनः सुरु गरेका हुन ।
उनको जन्मस्थान गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको पाईएको छ ।
Discussion about this post