कोल्हवी सपही कलेजको १२ औं बार्षिकोत्सव सम्पन्न

385
SHARES
507
VIEWS

अशेष ढुंगाना/कोल्हवी । बाराको कोल्हवी वडा नम्बर ४ मा रहेको एक मात्र सपही कलेजको १२ औं बार्षिकोत्सव कलेजको आफनै प्राङ्गणमा भब्यताका साथ सम्पन्न भएको छ ।

कलेज व्यब्स्थापन समितिका अध्यक्ष ढुण्डिराज उप्रेतिको सभाध्यक्षतामा शुरु भएको बार्षिकोतसव कार्यक्रमका प्रमुख अथिती बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको समुदघाटन गरेका थिए ।

कार्यक्रमको बिशिस्ट अतिथिहरुमा कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी, कलेज सभा अध्यक्ष केवलप्रसाद चौधरी, संविधान सभा सदस्य विभा कार्की, कलेजका पुर्व अध्यक्ष भेषबहादुर ढकाल, कोल्हवी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पितानाथ लुईटेल, बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेति लगाएतका उपस्थिती रहेका थिए ।

कार्यक्र्मको प्रमुख अतिथिको रुपमा बोल्दै अच्युत मैनालीले कलेजले छोटो समयमा गरेको प्रगतीमा आफू खुसी हुँदै यस कलेज नगरकोनै गौरवको बिषय भएको हुदा यसलाई थप परिमार्जन गर्दै लाने कुरामा कुनै कसर बाँकी नराख्ने बताए । यसै गरि बिशिस्ट अतिथी कोल्हवी नगर प्रमुख रामप्रसाद चौधरिले यस कलेज सबैको भएको र कसैले मैले गरे भन्दा पनि सबैको हो र सबैले गरेको भावना सहित मिलेर अघि बढ्न सकेमा नगरले विकासको फड्को मार्ने बताए ।

यसैगरी अतिथिहरुमा कोल्हवी वडा नं. ४ का वडा अध्यक्ष बिष्णुप्रसाद मैनाली, वडा नं.३ का वडा अध्यक्ष किशुनदयाल चौधरी, ई.प्र.का कोल्हविका प्रमुख किशन बस्नेत, नारायण प्रसाद अधिकारी, बुद्धिसागर गौली, रामचन्द्र साफी, जगदेव चौधरी, बोधराज सुवेदी, कपिलदेव ठाकुर, सामुदायिक विद्युत उपभोक्ता रास्ट्रिय माहासंघका माहासचिव गोबिन्द पौडेल, अनुप दिपनी मा.बि ब्यब्स्थापान समितिक अध्यक्ष किशोरी चौधरी, पुरनदेव चौधरी, रेडक्रस उप शाखा सपहिकी सभापती ईन्दिरा देवकोटा उप्रेती, कलेज सभाका सदस्यहरु, प्राध्यापकहरु, टोल सुधार समितिका पदाधिकार्व्वहरु लगाएत कोल्हवी नगर भित्रका विभिन्न संघ/संस्थाका प्रतिनिधिहरु, जनसमुदाय र बिध्यार्थिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा कलेजबाट पढेर हाल विभिन्न सरकारी पेशामा आबद्ध कर्मचारीहरु अस्मिता सिग्देल, ईन्दिरा अधिकारी, अम्रेश प्रसाद चौधरी, हरेन्द्र मुखिया, रामु देवकोटा,  बिजय अधिकारी, सरोज चौधरी र विश्वक्रान्ती ठाकुरलाई प्रमुख अतिथि अच्युत मैनाली र कोल्हवी नगर प्रमुख रामप्रसाद चौधरिले संयुक्तरूपमा दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएका थिए ।

कार्यक्रममा बार्षिकोत्सवाको अवसरमा कलेजले विभिन्न अतिरिक्त कृयाकलापमा उत्कृष्ट भएका छात्र- छात्रहरुलाई मेडल सहित प्रमाणपत्र प्रदान समेत गरेको थियो ।

कार्यक्रमको स्वागत मन्तब्य सन्चालक समितीका सदस्य ईन्दिरा देवकोटा उप्रेती गरेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित