निजगढ-२ वडा कार्यालयद्वारा जेष्ठ नागरिकलाई सम्मान

405
SHARES
533
VIEWS

बारा । बसन्त लामा/सिंगौल । निजगढ नगरपालिका वडा नम्बर २ द्वारा एक कार्यक्रम विच जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ ।
सिंगौल वडा नम्बर २ को वडा अध्यक्ष राजन क्षेष्ठको प्रमुख आतिथ्यमा जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको हो ।
वडा नम्बर २ को आयोजनामा ७८ जना स्थानीय असाहयक अतिविपन्न बृद्ध-बृद्धालाई सम्मान गरेको छ ।
असाहयक अतिविपन्न बृद्ध-बृद्धा ७६ जना जेष्ठ नागरिकलाई  एलोकट्रोनिक जग वितरण गरेर सम्मान गरेको हो । त्यस्तैगरी वडाले आयोजना गरेको सम्मान कार्यक्रममा वडा कार्यालय सम्म पनि आउन नसक्ने ७८ बर्ष र ९१ बर्ष पुगेका २ जना स्थानीयलाई भने घरमै पुगी पानी तताएर खाने एलोकट्रोनिक जग सहित वडा अध्यक्ष राजन श्रेष्ट लगाएतकाअ वडा सचिव र वडाका सदस्यहरुले जेष्ठ नागरिकहरुलाई दोसोल्ला ओढाएर र पानी तताउने किक्ली इलेक्ट्रोनिक जग वितरणगरी सम्मान गरेको छ । त्यस्तै सम्मान पाउनेमा सिंगौल वडा नम्बर २ को ७८ बर्षिय ओममायाँ तुमसीङ मगरनी र सोहि वडाको ९१ बर्षीय लाल बहादुर कार्की रहेका छन ।
बढ्दै गैरहेको चिसो र शितलहर्लाई मध्यनजर गर्दै वडा कार्यालयले जेष्ठ नागरिकलाई तातो पानी पिउनको लागि सहज होस भन्ने उदेश्यले ईलेकट्रोनिक जग वितरण गरिएको अध्यक्ष श्रेष्ठले बताए । ७२ सालमा जारी भएको संविधानमा जेष्ठ नागरिकहरुको मौलिक हक अनुसार जेष्ठ नागरिकले स्थानीय तहबाट पाउने सेवा सुविधा अन्तर्गत ईलेकट्रोनिक जग वडाले वितरण गरेको हो ।
सो जेष्ठ नागरिक सम्मान कार्यक्रममा स्वागत मनतव्य वडा नम्बर २ को वडा सदस्य धन बहादुर थापाले राखेको थिए । सम्मान कार्यक्रममा  वडा नम्बर २ को वडा सदस्य ल राधिका राई र विष्णु माया वि.क. लगाएत स्थानीय राजनीतिक दल बुद्धि जीबीको उपस्थिति रहेका थिए ।
जेष्ठ नागरिक सम्मान कार्यक्रमको संचालन भने  वडा सचिव शुभचन्द्र कुशवाहले गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित