सेवा शुभराम्भ साकोसको १४ औं साधारणसभा सम्पन्न, विभिन्न व्यक्तित्वलाई सम्मान

409
SHARES
538
VIEWS

बारा । निजगढ ९ को सेवा सुभारम्भ बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारणसभा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष मणिश्वर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रमुख अतिथि मधेस प्रदेश सभा सदस्य मिना लामाले पानसमा दियो जलाई उदघाटन गरेकी हुन ।

कार्यक्रममा सहकारी संस्थाका संचालक समितिका अध्यक्ष घिमिरेले पेस गरेको संस्थाको प्रगति प्रतिवेदन र व्यवस्थापक
विवेककुमार ठाकुरले संस्थाको आर्थिक कारोबारसम्बन्धि प्रतिवेदन सभाले
सर्वसम्मत पारित गरेको छ ।

त्यस्तैगरि संस्थाले विभिन्न विधामा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सम्मान हुनेमा साविक निजगढ गाविसका अध्यक्ष एंवम समाजसेवी स्वर्गीय नन्दीकेशर न्यौपानेलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरेको छ ।

सहकारीको शनिबार भएको १४औं साधारण सभामा निजगढ गाविसका पूर्व अध्यक्ष न्यौपानेलाई मरणोप्रान्त ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरेको हो । कार्यक्रमकी प्रमुख
अतिथि मधेस प्रदेश सभा सदस्य मिना लामाले नन्दीकेशरकी धर्मपत्नी सुभद्रा न्यापानेलाई सो अवार्ड प्रदान गरेकी थिइन । संस्थाले निजगढको सामाजिकबक्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउदैआएका महानुभावहरु मध्ये एकजनालाई
वर्ष ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गर्दैआएको छ ।


कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी समिर तामाङ्गलाई पनि
प्रतिभा पुरस्कारबाट सम्मानित गरेको छ । त्यसैगरी साधारण सभाको अवसरमा
२०७९ सालको प्लस टु परीक्षामा शेयर सदस्य घर परिवारका सदस्यबाट सर्वोत्कृष्ट अंक ल्याइ उतीर्ण हुने सामुदायिक विद्यालयका १ र संस्थागत विद्यालयबाट १ जना गरी २ जना छात्रछात्रालाई ‘सेवा शुभारम्भ छात्रवृत्ति’ पुरस्कारबाट पनि सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित