तेस्रो मधेस प्रदेश स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिताको उपाधी निजगढ जनज्योति डोजङ्गलाई

395
SHARES
520
VIEWS

बारा ।  बाराको निजगढ नगरपालिका वडा नम्बर ९ स्थित जनज्योति डोजाङद्वारा आयोजित तेस्रो मधेश प्रदेश स्तरीय खुला तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ मा ।

निजगढ नगरपालिका वडा नम्बर ९ को आर्थिक सहयोगमा जनज्योति  तेक्वान्दो डोजाङ्ग निजगढले प्रतियोगिताको आयोजना गरेका हुन । प्रतियोगिताको निजगढ नगर प्रमुख सुरथ पुरीको प्रमुख अतिथिमा सम्पन्न  भएको छ । नगर प्रमुख पुरीको प्रमुख अतिथिमा जनज्योति आधारभूत विद्यालयमा  शुक्रबार सुरु भएको प्रतियोगितामा निजगढ जनज्योति तेक्वान्दो डोजङ्ग प्रथम भएको छ । जनज्योति ८ संवरण ८ रजत र ८ कस्यगरी पहिलो भएको हो ।

त्यस्तैगरी कृयटिभ तेक्वान्दो डोजङ्ग बर्दिबास महोत्तरीले दोश्रो उपाधी हात पारेको छ । कृयटिभ ४ स्वर्णसहित दोस्रो भएको हो । त्यस्तै प्रिय तेक्वान्दो डोजङ्ग धनुषा जनकपुर १ स्वर्ण १ रजत र ८ कस्यसहित तेश्रोमा चित्त बुझाएको छ । त्यस्तै मधेसका विभिन्न जिल्लाको विभिन्न तेक्वान्दो डोजङ्गका खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।

यसैगरी प्रतियोगितामा पदक विजेता खेलाडीलाई निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, बारा जिल्ला खेलकुद विकास समितिका प्रमुख हेमलाल श्रेष्ठ, निजगढ नगरपालिका वडा नम्बर ९ की महिला वडा सदस्य तथा कार्यबाहक वडा अध्यक्ष बबिता श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए । यसअघि प्रतियोगिताको समपन समारोहलाई नगर उपप्रमुख पुरीले सम्बोधन गरेका थिए । समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख पुरीले खेलकुद क्षेत्रको विकास यतिबेला आफूहरुको प्राथमिकतामा रहेको बताए । त्यसैगरी खेलकुद विकासका केन्द्रिय सदस्य गुरु गौतमले निजगढले लामो समय पछि खेलकुद समिति पाएकोमा खुशी ब्यक्त गरेका थिए । प्रतियोगितालाई जनज्योति तेक्वान्दो डोजङ्गका प्रशिक्षक राजु माझीले समापनको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित