जनजागृती सुन्दर सामुदायिक वनको १४औं साधारणसभा

397
SHARES
523
VIEWS

बारा  ।  बाराको निजगढ-५ स्थित जनजागृती सुन्दर सामदायिक वन उपभोक्ता समूहको शनिबार १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

समुहको अध्यक्ष जयप्रसाद ढुङ्गना (राजन)को अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले गमलामा जलसिन्चित गरि उदघाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुरीले समुदायले वन, जंगल, पर्यावरणीय संरक्षण गर्दै पर्यटकीय प्रवद्र्धनका लागि अघि बढ्नुपर्ने औंल्याए । उनलेले सरकारको एकल प्रयासले मात्रै वन– जंगल तथा पर्यावरण संरक्षण हुन नसक्ने भएकाले स्थानीय समुदायको पनि यसमा उत्तिकै दायित्व रहने कुरा स्मरण गराएका छन ।

कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा मगर, डिभिजन वन कार्यालयका प्रमुख राजिव कुमार झा, फेकोफनका केन्द्रिय सदस्य दुर्गा कोइराला,  निजगढ नगर कार्यपालिका सदस्य शर्मिला विक,  तामागढी सव डिभिजन वन कार्यालयका प्रमुख सुरेश भगत, सार्वजनिक माध्यमिक विद्यालयाका व्यवस्थापन समितिका अध्यक्ष दुर्गा गौतम, बगदेव दुग्ध सहकारी संस्थाका अध्यक्ष थानेशर सापकोटा (अविरल) जनजागृती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला प्रसाद ढुंगाना, निजगढ नगरपालिकाका वन तथा वातावरण शाखाका कार्यकारी अनिल कोइराला लगायतले वन सम्बन्धि महत्त्वपूर्ण मन्तव्य राखेका थिए । त्यस्तै कार्यक्रममा समुह आर्थिक प्रतिवेदन समुहको कोषाध्यक्ष नारायण प्रसाद लामिछानेले प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित