निजगढ-१२ रामथलीमा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न, ७३ कृषकले पाए सेवा

397
SHARES
522
VIEWS

बारा । बाराको निजगढ नगरपालिका, पशु स्वास्थ्य शाखाले निःशुल्क पशु स्वास्थ्य शिविरको आयोजना सम्पन्न गरेको छ । निजगढ–१२ रामथलीस्थित पशु सेवा उपशाखाका प्रमुख युगलकिशोर सिंहका अनुसार ७३ जना कृषकहरुले आफ्ना पशुकालागि विभिन्न सेवा लिएका थिए । त्यसैगरी कृषकहरुलाई जोखिम न्यूनीकरणकालागि पशुलाई विभिन्न रोगकालागि नि:शुल्क औषधि समेत उपलब्ध गराएको छ ।
निजगढ नगरपालिका, पशु स्वास्थ्य शाखाले किसानकै घरमा पुगेर पशु सेवा दिन नसकेपनि किसानहरुको समस्यलाई मध्यनजर गर्दै यो शिविर आयोजना गरेको हो । कार्यक्रममा वडा कार्यबाहक वडा अध्यक्ष शम्फु थोकर, महिला वडा सदस्य सुकुमाया मोक्तान र स्थानीय कृषकहरुको उपस्थिती रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित