बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ९ स्थित जनज्योति डोजाङद्वारा आयोजित तेस्रो मधेश प्रदेश स्तरीय खुला तेक्वान्दो प्रतियोगितामा शुक्रबार उदघाटन भएको छ । निजगढ नगरपालिकाको सहयोगमा जनज्योति तेक्वान्दो डोजाङ्ग निजगढले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितालाई निजगढ नगर प्रमुख सुरथ पुरीको प्रमुख अतिथिमा उदघाटन भएको छ । नगर प्रमुख पुरीको प्रमुख अतिथिमा जनज्योति आधारभूत विद्यालयमा शुक्रबार सुरु भएका हुन । प्रतियोगितामा मधेसका विभिन्न जिल्लाको खेलाडीको सहभागिता रहेको छ । उदघाटन प्रतियोगितामा सहभागी खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको उदघाटनका पहिलो दिनमा आयोजक ३ स्वर्ण, ३ रजत र ३ कस्यगरी पहिलो स्थानमा रहेको छ । त्यस्तैगरि प्रिया तेक्वान्दो डोजाङ जनकपुर धनुषाका १ स्वर्ण र नमुना तेक्वान्डो डोजाङ चपुर, स्वर्ण १ र महोत्तरी बर्दिबासका क्रिएटिभ तेक्वान्डो डोजाङ १ स्वर्णमा प्रतिस्पर्धामा रहेको छ । यसैगरी प्रतियोगितामा पदक विजेता खेलाडीलाई निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, बारा जिल्ला खेलकुद विकास समितिका प्रमुख हेमलाल श्रेष्ठ, नेपाल तेक्वान्दो संघ बाराका अध्यक्ष चित्रबहादुर लामा र निजगढ नगरपालिका वडा नम्बर ९ की महिला वसा सदस्य बबिता श्रेष्ठले प्रमाणपत्र वितरण गरेको छ । यसअघि प्रतियोगिताको उदघाटन समारोहलाई नगर उपप्रमुख पिरीले सम्बोधन गरेका थिए । उदघाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख पुरीले खेलकुद क्षेत्रको विकास यतिबेला आफूहरुको प्राथमिकतामा रहेको बताए ।






















Discussion about this post