बारा । निजगढको निजगढ नगरपालिका वडा नम्बर ६ का वडा कार्यालयको विशेष आर्थिक सहयोगमा के.यु.डी. कृषि फार्मले ३ दिने तालीम कृषकहरू दिएको छ । निजगढको सान जैविक मल के. यु.डी को अभियान भन्ने नारासहित निजगढका युवाहरुले तीन दिने जैविक मल तथा जैविक विषादी सम्बन्धी तालिम सम्पन्न गरेको हो । सो तालिम पछि के.यु.डी. कृषि फार्मले वडा कार्यालयको आर्थिक सहयोगमा जैविक मल निर्माणका निम्ती अवश्यक पर्ने कामग्री समेत सामग्री वितरण गरेको छ । सामग्री वितरण कार्यक्रमको युवा कृषक के.यु.डीका संचलाक उदयराज पाण्डेको अध्यक्षतामा भएका थिए । कृषक पाण्डेको अध्यक्षतामा भएको कृषकहरुलाई सामग्री वितरण कार्यक्रममा प्रमुख अतिथि भने निजगढ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना रहेका थिए । त्यस्तैगरी विशिष्ट र अतिथिहरुमा निजगढ नगरपालिका कृषि शाखाका प्रमुख रितेश चौधरी तालिमका मुख्य प्रशिक्षक सुरज थापा सहायक प्रशिक्षक निजगढ नगरपालिका कृषि शाखाकी रूपा पराजुली काफ्ले, निजगढ–६ वडा सदस्यहरू मीना सुनावार,
केशव अधिकारी, आशा श्रेष्ठ, कृष्णबहादुर मोक्तान त्यस्तैगरी श्री कृष्ण प्रणामी टोल सुधार समितिका अध्यक्ष मोहन सापकोटालगायतका रहेका थिए । कार्यक्रम सञ्चालन भने उक्त कृषि फार्मका अर्का संचलाक ईश्वर सापकोटाले गरेका थिए ।
(आर्थिक सहयोगी संस्थाको नाम पहिलोको सम्प्रेषणमा नखुलेको हुनाले यस्मा आर्थिक सहयोग संस्थाको नाम थपिएको छ ।)






















Discussion about this post