निजगढ-१० लालमा तेश्रो लोछार कप फुटबल प्रतियोगिता हुने

395
SHARES
520
VIEWS

बारा । ‘राष्ट्रकोलागि खेलकुद, स्वास्थकोलागी खेलकुद’ भन्ने मुल नाराका साथ निजगढ नगरपालिका वडा नम्बर १० लालमा तेश्रो लोछार कप फुटबल प्रतियोगिता आयोजना हुने भएकोछ ।

योङ्ग स्टार युनाइटेड फुटबल क्लबले माघ ३ गतेदेखि आयोजना हुन लागेको आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएकोछ ।

निजगढ वडा नम्बर १० स्थित योङ्ग स्टार बुद्धचोक खेलमैदानमा संचालन हुने प्रतियोगितामा विजेताले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रत्येक खेलमा म्यान अफ द म्याचले केहि नगद रकम नगदसहित ट्राफि समेत प्राप्त गर्ने आयोजक योङ्ग स्टार युनाईटेड फुटबल क्लबका अध्यक्ष अशिक लामाले बताएको छ । प्रतियोगितामा मधेस प्रदेशलगायत बागमती प्रदेशका फुटबल टोलिहरुको सहभागीता रहने छ ।


तेश्रो ल्होछार कपमा १६ टिमले प्रतिस्पर्धा गर्ने छन । सहभागी टोलि जिल्लाहरु मकवानपुर , सर्लाही, पर्सा र रौतहटलगायत १६ फुटबल टोलिको सहगीता गराउने क्लबको रहेको छ ।

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष लामा, निजगढ नगर खेलकुद समितिका सदस्य कुमारबहादुर मोक्तान, क्लबका सल्लाहकार तिलक घलान र सिद्धार्थ लोप्चनले खेल र योजनाको बारेमा संचारकर्मीहरुलाई प्रकाश पारेका थिए । सो पत्रकार सम्मेलनमा सोहि वडाला वडा सदस्य मेघराज वाईवा स्थानीय युवा र क्लब पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित