बसन्त लामा/सिंगौल । आउदै गरेको चाड माघेसक्रान्तिको अवसरमा प्रथम सिंगौल खुल्ला नकाउट फुटवल प्रतियोगिता सुरु भएको छ
प्रथम खुल्ला नकआउट फुटवल प्रतियोगीता निजगढ नगरपालिकावडा नम्बर २ स्थित रहेको लोकप्रिय आधारभूत बिद्यालय को खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।
बन्देवी युवा क्लवद्वारा आयोजित फूटबल प्रतियोगितामा सहयोगी संस्था निजगढ नगरपालिकावडा नम्बर २ का वडा कार्यालय र श्री कृष्ण डेरी उद्योग निजगढ नगरपालिका ७ रहेको छ ।
पौष १५ गते तमु लोछरका दिनबाट सुरु भएको प्रथम सिंगौल खुल्ला नकाउट फुटवल प्रतियोगीताको उदघाटन वडा नम्बर २ का वडा अध्यक्ष राजन श्रेष्ट (राजु) को प्रमुख आतिथ्यमा भएको थियो ।
उदघाटनको खेलमा आयोजक बन्देवी युवा क्लव सिंगौल को “ए” समुह र निजगढ नगरपालिका वडा नम्बर ६ को नमोबुद्ध युवा क्लव बीच खेल प्रतिस्पर्धा भएको थियो । सो खेलमा नमोबुद्ध विजायी भएको छ । जितकालागि नमोबुद्ध युवा क्लबले बन्देवी युवा क्लवलाई ३-१ को गोल अन्तर जितेको छ । प्रथम सिङ्गौल नकआउट फुटवल प्रतियोगितामा निजगढ नगरपालिका भरिका १२ वटा क्लबहरुको टोलिको सहभागिता रहेको छ ।
खेलको समापन माघेसक्रान्तिको दिनमा हुने आयोजक बन्देवी युवा क्लवले जनाएको छ । प्रथम नकआउट फूटबल प्रतियोगिताको विजेता टोलिले ५० हजार नगदसहित ट्रफी मेडल प्राप्त गर्ने छ भने उपविजेताले २५ हजार नगदसहित ट्रफी मेडल साथै अन्य आर्कषक पुरस्कार प्राप्त गर्ने छ्म ।
उदघाटन खेलको दिन भएकोले खेलाडी लगाएत खेल हेर्नको लागि मनोरंजन दिने उदेश्यले सास्कृतिक निर्त्य समेत प्रस्तुत गरिएको थियो ।
कस्मेरी पछौरी भन्ने गीत को बोल प्रस्तुत गरेर स्थानीय निशा मगरले दर्शकहरुलाई मनोरंजन दिने कोसिस गरेकी थिइन । पौष १६ गते सोमबारका दिन भने ठिक ३ बजे खेल सुरु हुने आयोजकले जनाएको छ । भोलि सोमबार हुने खेलमा समाजसुधार युवा क्लव र ओझेल युवा क्लब टाँगियाबस्ती विच प्रतिस्पर्धा हुने छ ।






















Discussion about this post