निजगढ १३ मा फ्याफुल्ला युथ क्लबको उदघाटन

420
SHARES
552
VIEWS

बारा । बाराको निजगढ नगरपालिका-१३ डम्बरपुरको फ्याफुल्ला युथ क्लब वैधानिक रुपमा संचालनमा आएको छ । स्थानीय युवाहरू सक्रियतामा सो युथ क्लबले वैधानिकता पाएको हो । युवाहरूलाई एकता र गोलबद्ध गराउने उद्देश्यले क्लब गठन गरेका हुन । क्लबका अध्यक्ष प्रतप सिंह घलानको अध्यक्षतामा भएको कार्यक्रममा वडाका जेष्ठ नागरिक नरबहादुर थिङ्गलाई प्रमुख अतिथि बनाएका थिए ।

डम्बरपुरलाई समृद्ध बनाउने र युवा विदेश पलायन रोक तथा गाउँमा उद्यमशिलता सुखी समाज निर्माण लगायतका उद्देश्य क्लबको रहेको क्लब अध्यक्ष घलानले बताए ।

त्यस्तै विशिष्ट अतिथि निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानले क्लबको नामसंगै तामाङ्ग समुदायको संस्कार र संस्कृति झल्काउने खालको रहेकोमा खुशी व्यक्त गरे । वडा अध्यक्ष घलानले प्रसस्त पर्यटकीय सम्भावना बोकेको यस धार्मिकस्थल डम्बरपुरमामा रहेको भन्दै स्थानीय सरकार वडा र वडाभित्र रहेका विभिन्न संघ/संस्था मिलेर पर्यटन तथा संस्कृतिको विकास गर्नुपर्ने बताए । सवै तह मिलेर बिकास गर्दा सबैको स्वामित्व हुने वडा अध्यक्ष घलानको धारणा थियो । त्यस्तैगरि समाजसेवी तिलक घलानले समुदाय स्तरमा भैरहेको विकृति र विसंगति विरुद्धको जनचेतनामूलक सन्देश संस्थाले दिनु पर्ने जिकिर गरेका थिए । कार्यक्रममा रकेश थिङ्ग र सुनबहदुर थिङ्गलगायतले संस्थालाई सफलताको बारेमा सुझाव र शुभकामना दिएका थिए । कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर १३ की महिला वडा सदस्य फुलमाया स्याङ्तान, समाजसेवी रोशन पाख्रीन, कमान सिंह थिङ्ग, महिला नेतृ तनुजा लो, कृष्णबहादुर लो, संजय थिङ्ग, प्रहार ढुंगाना, रामहरि कार्की, राजकुमार घलान, क्लबका पदाधिकारीहरु र स्थानीयहरुको सहभागीता रहेका थिए । कार्यक्रमलाई क्ल्बबका सचीव पावन पाख्रीनले संचालन गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित