बारा । सहारा मल्टिपर्पस को-अपरेटिभ सोसाइटी लिमिटेड सेवा केन्द्र निजगढको २१ औैं वार्षिक साधारण सभा तथा छलफल सम्पन्न भएको छ ।

बाराको निजगढ स्थित होट्ल हेभनमा शुक्रबार आयोजित संस्थाको साधारण सभालाई प्रमुख अतिथि हृदय नारायण साहले पानसमा दिपप्रज्वलन गरि उदघाटन गरेका थिए । संस्थाका उपाध्यक्ष नागेन्द्र प्रसाद रौनियारले सहकारीको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षको रणनीतितक वित्तीय लक्ष्य प्रस्तुत गरेका थिए ।
उनले आर्थिक वर्ष २०८१/०८२ देखि आर्थिक वर्ष २०८२/०८३ सम्मको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
सहकारीमा शेयर पूँजी वृद्धि गर्ने, सबै प्रकारका कोषको वृद्धि गर्ने, बचत तथा निक्षेप वृद्धि गर्ने र बाह्य ऋण घटाउँदै लाने लगायतका बहुबर्षीय रणनीतितक वित्तीय लक्ष्य सहितको प्रतिवेदन उपाअध्यक्ष रौनियारले प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यविधि संशोधन तथा निर्माण, ऋण लगानी, अचल सम्पत्ती धितो लिलाम तथा लिलामबाट प्रप्त सम्पत्ति , सदस्य रहात कार्यक्रम , पसल व्यवस्थापन, सक्षित पूँजी फिर्ता कोष र शेयर लाभान्स कोषको रकम बितरण एकीकरण , लेखा परीक्षकको नियुत्ती तथा पारिश्रमिक निर्धारण , सेवा केन्द्र संचालन, वाह्य ऋण माग गर्ने लगायतका संस्थाले नीति तथा कार्यक्रमहरु अघि सारिएको संस्थाका उपाध्यक्ष रौनियारले बताए ।
त्यसैगरी संस्थाका संचालक समिती सदस्य अबुल हसन नुरीले संस्थाले आर्थिक वर्ष २०८०/०८१ मंसिर मसान्त सम्ममा सहकारीको शेयर पूँजी ५ करोड ३८ लाख १६ हजार ७००, जगेडा कोषमा १७ लाख ६४ हजार ४ सय ११ रुपैयाँ ०३ पैसा रहेको जनाएको छ । त्यस्तै गरि कुल बचत ८८ करोड ३९ लाख ४३ हजार ५ सय ६२ रुपैयाँ ५२ पैसा रहेको प्रस्तुत प्रतिवेदनमा प्रस्तुत गरिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले संस्थाका सफलताको बारेमा शुभकामना सहित असल ॠणी र असल बचत कर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम संचालन भने सेवा केन्द्र निजगढका कार्यलय प्रमुख उमेश कुमार रायले गरेका थिए ।

























Discussion about this post