दिपेन्द्र जयसवाल/गन्जभवानीपुर । गरिबी उत्थान वचत तथा ऋण सहकारी संस्था लि. करैयामाई ५ तेतरिया बाराको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवले साधारण सभाको उदघाटन गरेका थिए ।
संस्थाका अध्यक्ष द्वारिकाप्रसाद चौधरीको अध्यक्षतामा भएको सो साधारण सभामा संस्थाका मुख्य प्रबन्धकले संस्थाको वार्षिक प्रतिवेदन र लेखा सुपरीक्षण सुपरिवेक्षण प्रतिवेदन सभासमक्ष प्रस्तुत गरेका थिए ।
कार्यक्रममा करैयामाई गाउँपालिकाकी उपाध्यक्ष सुनैनाकुमारी चौधरी, वडा ५ का वडा अध्यक्ष अध्यक्ष उमेशप्रसाद चौधरी, करैयामाई गाउँपालिकाका पूर्व अध्यक्ष भुनेश्वर धामी, गाउँपालिकाकी पूर्वउपाध्यक्ष चित्ररेखाकुमारी चौधरीलगायत सहकारीका शेयर धनी शेयर सदस्य, सञ्चालक समितिका पदाधिकारीहरु, संञ्चाकर्मी, सुरक्षाकर्मी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन भने श्रीराम साहले गररेका थिए ।






















Discussion about this post