१४२ किलो गाँजासहित मोटरसाइकल बरामद

398
SHARES
524
VIEWS

बारा । बारा प्रहरीले सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ खजानीबाट १४२ केजी गाँजासहित एउटा भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी श्रीनगर बैरियाबाट प्रहरी सहायक निरीक्षक जगदिशप्रसाद यादवको कमाण्डमा खटिएको गस्ति टोलीले कोतवाली नहरबाट खजानीतर्फ आउदै गरेको बिआर २२ एक्यु २९७६ नम्बरको सुपर स्पलेन्डर मोटरसाइकल चेक जाँचको क्रममा पिछा गर्दै जादा बुधबार राति ९.४५ बजे सो परिमाणको गाँजासहित मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। शंकास्पद गतिविधि देखिएपछि प्रहरीले सो मोटरसाइकल पछ्‌याउदै गएको र चालक भने मोटरसाइकल छोडेर फरार बनेको प्रहरीको भनाई छ। प्लाष्टिकले बेरेर ३ वटा बोरभित्र ९ वटा पोकामा राखिएको अवस्थामा गाँजा बरामद गरिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएको गाँजा र मोटरसाइकल आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ

यसैबीच बारा प्रहरीले जिल्लाको विभिन्न ठाउँबाट करिब ६८ लाख मुल्य बराबरको सरसमानसहित प्रहरीले गाडी नियन्त्रणमा लिएको छ ।
प्रहरीले दुईवटा ट्रक सहित ६७ लाख ९६ हजार मुल्य बराबरको सरसमान नियन्त्रणमा लिएको हो ।

प्रहरीले पथलैया र अमलेखगञ्जबाट ट्रकसहित सरसमान नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जनाए ।

प्रहरी बरिष्ठ नायब निरीक्षक रोशन अधिकारीको कमान्डमा खटेको प्रहरी टोलीले पथलैयावाट ना ५ ख ७०५२ नम्बरको ट्रक सहित ३६ लाख १३ हजार मुल्य बराबरको हार्डवेयरका समान र मोटरपार्टस नियन्त्रणमा लिएको हो ।

अमलेखगञ्जवाट प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको टोलीले लु १ ख ९५१४ नम्बरको ट्रक सहित ३१ लाख ८२ हजार मुल्य बराबरको हिटर, औषधि लगायतका समान नियन्त्रणमा लिएको हो ।

बरामद गरिएको समान आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित