बागदेव दुग्ध उत्पादक साकोस रतनपुरी शाखाको १४ औं ईकाई साधारणसभा सम्पन्न

429
SHARES
564
VIEWS

रतनपुर/बारा । बागदेव दुग्ध उत्पादन सहकारी सस्था निजगढ- ११ रतनपुरी शाखाको १४ औं वार्षिक इकाई साधारण सभा सम्पन्न भएकोछ ।
१४ औ वार्षिक साधारण सभा वागदेव दुग्ध उत्पादक सहकारी सस्थाका अध्यक्ष थानेश्वर सापकोटा (अविरल ) को अध्यक्षतामा सम्पन्न भएको हो ।


सो बार्षिक साधारणमा निजगढ नगरपालिका वडा नम्बर १० का पुर्व वडा अध्यक्ष पदमबहादुर मोक्तान, कृयाशिल साकोसका व्यवस्थापक यशकुमार स्याङ्तान, समाजसेवी शंकर रुम्बा, घनश्याम श्रेष्ठ, लोकनाथ अधिकारी, रामबहादुर खड्का लगायत रहेका थिए ।

सो कार्यक्रममा स्वागत अध्यक्ष सापकोटाले चालु आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत,
लेखा संयोजक राजन प्रसाद तिमल्सिना लेखा प्रतिवेदन र आर्थिक प्रतिवेदन संस्थाका व्यवस्थापक सौरभ अधिकारीले गरेको प्रतिवेदन माथि सभाले अनुमोदन गरि सर्वसम्मत पास गरेको छ ।

सभामा अध्यक्ष सापकोटाले नेपाल सरकारले भारतबाट केहि समय पहिले दुग्ध र पाउडर आयातगरि बिक्रि वितरण गरेका कारण यहाँका स्थानीय किसान मारमा परेको बताए । सापकोटले भने “बागदेव दुग्ध सहकारी सस्थाले स्थानीय कृषक संग सङ्कलन गरेको दुग्ध प्रयाप्त विक्री हुन नसक्दा स्थानीय कृषकलाई समयमा भुक्तानी गर्न कठिनाइ भएको बताए ।” सापकोटाले कृषकको ३ महिना देखिको दुग्धको भुक्तानी बाँकीका लागि अहोरत्र लागि परीरहेको बताए ।

सो भेलामा विभिन्न विधामा उत्कृष्ट र ईमानदार बढी दुग्ध विक्री गर्ने कृषकलाई पशु औषधि र पशु आहार दाना वितरण तथा प्रदान गरि सम्मान समेत गरेको छ ।

इकाई भेला तथा संचालन गर्दै सिङ्गौल क्षेत्र, रतनपुर क्षेत्र र निजगढ क्षेत्रमा अनुमोदन गरि संस्थाले यहि पौष २५ गते मुख्य कार्यालय निजगढ-६ स्थित कार्यालयको प्राङ्गणमा साधारणसभा समपन्न गर्ने संस्थाको योजना रहेको छ । संचालन संचिव प्रकाश प्रसाद सापकोटाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित